Logo
|
Thursday 18th April 2024
Logo

epaper

चीनमा ९६ करोड ६७ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप



जनस्वास्थ्य सरोकार । चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएका छन ।

राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् ।

तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लगाएका छन् ।

पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको संयुक्तराज्य अमेरिकामा ३१ करोड २९ लाख डोज खोप लगाइएको छ । त्यसपछि तेस्रो स्थानमा रहेको भारतमा २५ करोड ८३ लाखले खोप लगाएका छन् ।

तर जनसंख्याका आधारमा इजरायलमा कूल जनसंख्याको ५९ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने बेलायतमा ४५ प्रतिशत, चिलीमा ४८ प्रतिशत, उरुग्वेमा ३७ प्रतिशत, बहराइनमा ५१ प्रतिशत, हंगेरीमा ४५ प्रतिशत, संयुक्तराज्य अमेरिकामा ४४ प्रतिशतले पूर्ण खोप पाएका छन् ।

तर कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा ३.५ प्रतिशतले पूर्ण तथा १२ प्रतिशतले आंशिक खोप लगाएको डब्लुएचओले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्