Logo
|
Thursday 18th April 2024
Logo

epaper

ललितपुर महानगरले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई भोलिदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाउने



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले भोलि (बुधबार) बाट ७७ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डको दोस्रो मात्रा लगाउने भएको छ ।


महानगरपालिकाले एक सुचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका ७७ वर्ष माथिका दुई हजार २२० जना जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउने जनाएको छ ।

खोप बुधबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म लगाइने छ । वडा कार्यलयबाट सिफारिस गरिएका व्यक्तिले मात्रै खोप लगाउन पाउने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्