Logo
|
Thursday 28th March 2024
Logo

epaper

साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो मात्र खोप तत्काल दिन सर्वोच्चको अन्तरिम आदेश



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सर्वोच्च अदालतले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्र यथाशिघ्र दिन अन्तरिम आदेश जारी गरेको छ ।


सर्वोच्च अदालतले गत फागुनमा कोभिशिल्डको पहिलोमात्रा खोप लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन ढिला भएको भन्दै यथाशिघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो ।

सोमबार ६५ वर्षदेखि ७५ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई समयमै कोभिशिल्डको दोस्रो मात्रा उपलब्ध गराउन माग गर्दै निवेदक चिरन्जिवी वास गिरिले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।


आज (मंगलबार) त्यसबारे बहस गर्दैै न्यायधीस ईश्वर खतिवडाको एकल इजलासले त्यस्तो आदेश दिएको दिएको हो । आज उक्त रिटमा अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, विकास भट्टराई, ज्ञानेन्द्रराज आनन्द र सुरेन्द्र विक्रम केसी लगायतले बहस गर्नुभएको थियो ।


सर्वोच्चले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश जारी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्म दोस्रो मात्रा लगाउन सकिने बताएको छ । तर पहिलो मात्रा खोप लगाएका जेष्ठ नागरिकले १२ हप्ता नाघिसक्दा पनि दोस्रो मात्र लगाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्