Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

‘कोभिसिल्ड खोप लगाएकाले दोस्रो डोज भेरोसेल लगाउँदा प्रभावकारी हुन्छ भन्ने कुनै आधार छैन’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।

‘पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ’-डब्लुएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।

डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ । विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्र्कषमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ ।रासस

WHO-Vaccine

प्रतिक्रिया दिनुहोस्