Logo
|
Thursday 28th March 2024
Logo

epaper

खोपमा तस्करी: ५ हजार सम्ममा विक्रि वितरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप बजारमा अबैध रुपमा पाँच हजार सम्ममा बिक्रि भइरहेको खुलासा भएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चले बजारमा ३ हजार देखि ५ हजार सम्ममा खोप बिक्रि वितरण भइरहेको खुलासा गरेको हो ।


तस्करहरुले नेपालको पूर्वीनाकाहरुबाट काठमाडौँ लगायतका शहरी क्षेत्रमा कोभिसिल्ड खोप ल्याइ लुकिछिपी बेच्ने गरेको मञ्चद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


जनस्वास्थ्य माथि गम्भिर खेलवाड भइरहेको निष्कर्ष निकाल्दै मञ्चले यस प्रकारको गतिविधि तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्