काठमाडौंमा असार २२ देखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै, कहाँ-कहाँ छन् खोप केन्द्र ?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाण्डौ जिल्लामा ३२ वटा केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौले ३२ वटा खोप केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा लगाइने जनाएको हो ।
गएको जेठमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा दिइँदै छ ।
वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाण्डौ महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका र शङ्खरापुर नगरपालिकाका विभिन्न ठाउँका खोप केन्द्रबाट खोप दिइने जनाएको छ।
