Logo
|
Friday 29th March 2024
Logo

epaper

६ दिनभित्र चीनबाट थप १० लाख डोज खोप ल्याउने प्रधानमन्त्रीको घोषणा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिनभित्र थप १० लाख डोज कोभिडविरुद्धको खोप आउने जानकारी दिनुभएको छ ।

बालुवाटारमा शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ओलीले अर्को साता चीनबाट न्यूनतम १० लाख डोज खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो ।

जुलाई ८ तारिखमा खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ । सरकारले खोप खरिद प्रक्रिया केही साताअघि पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्