Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपाल औषधि उत्पादक संघद्धारा सरकारलाई ४० लाख बराबरको औषधि हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले सरकारलाई ४० लाख बराबरको औषधि सहयोग गरेको छ ।

संघले बाढीपहिरो पीडित तथा कोभिड संक्रमितको उपचारका लागि सो औषधि उपलब्ध गराएको हो ।

एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले आइतबार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई औषधि हस्तान्तरण गर्नुभयो ।

एपोनमा आबद्ध विभिन्न औषधि उत्पादक कम्पनीले उपलब्ध गराएका १४६ प्रकारका औषधि सरकारलाई सहयोगस्वरूप प्रदान गरिएको हो ।

हस्तान्तरित औषधि एपोनले टेकुस्थित गोदाम पठाएको छ । त्यहाँबाट आवश्यकताका आधारमा विभिन्न जिल्लाहरुमा वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्