Logo
|
Thursday 28th March 2024
Logo

epaper

आजदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै, यी हुन् काठमाडौंका ३२ खोप केन्द्र (सूचिसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज मंगलबारदेखि लगाइँदै छ । भेरोसेलको पहिलो खोप लगाएका ६० देखि ६४ वर्षका नागरिकलाई दोस्रो डोज दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ ।

सरकारले गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । त्यही ३ लाख ७० हजार जनसंख्यालाई अहिले दोस्रो डोज दिन लागेको हो ।

त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर समूहका नागरिकले पनि दोस्रो डोज लगाउने छन् ।

प्रतिक्रिया दिनुहोस्