Logo
|
Friday 29th March 2024
Logo

epaper

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

उक्त खोप एक मात्रा लगाए पुग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १५ लाख डोज खोप नेपाल आइपुगेको छ ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभयो ।

उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्