Logo
|
Thursday 28th March 2024
Logo

epaper

औषधिको ओभरडोजका कारण अमेरिकामा एक वर्षमा ९३ हजारभन्दा बढीको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकामा औषधिको ओभरडोजका कारण मृत्यु हुनेको संख्या सन् २०२० मा २० वर्षयताकै सबैभन्दा उच्च भएको सरकारी तथ्यांक छ ।

कोरोना भाइरसको महामारीबीच आवश्यकभन्दा बढी मात्रामा औषधिको प्रयोग गरेका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको जनाइएको छ ।

अमेरिकामा सन् २०२० मा मात्रै औषधिको ओभरडोजका कारण ९३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्ला वर्षहरुको तुलनामा झण्डै ३० प्रतिशतले बढी हो ।

तथ्यांकले कतिपय औषधिको असर कति खतरनाक हुन्छ र यसले समाजमा कति विनासकारी असर गर्ने भन्ने देखिएको विज्ञहरुले बताएका छन् ।

शक्तिशाली सिन्थेटिक ओपिओइड औषधि लागू औषध हिरोइनभन्दा ५० गुना शक्तिशाली भएको विज्ञहरुले बताएका छन् । तथ्यांकले अमेरिकामा औषधिको ओभरडोजका कारण प्रतिदिन २ सय ५० जना र प्रति घन्टा ११ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । कोरोना महामारीका कारण आइसोलेसनमा बस्नुपर्दा एक्लोपनका कारण पनि मृत्यु संख्यालाई बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्