Logo
|
Thursday 25th April 2024
Logo

epaper

औषधि व्यवस्था विभागको गेटमा निःशुल्क ५ लाख पारासिटामोल र मास्क वितरण !

स्वास्थ्यकर्मीमार्फत प्रेसर जाँचको सुविधा पनि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको गेटमा आजदेखि साताव्यापी पारासिटामोल औषधि र मास्क निःशुल्क वितरण शुरु गरिएको छ । नेपाली कांग्रेसका नेता एवं औषधि व्यवसायी अबुल हुसेन अन्सारीले विभाग अगाडी सिटामोल र मास्क वितरण गर्नुभएको हो ।

हरेक दिन बिहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म सर्वसाधारणले परासिटामेल र मास्क प्राप्त गर्न सक्नेछन् । उनीहरुलाई स्वास्थ्यकर्मीमार्फत प्रेसर जाँचको सुविधा पनि उपलब्ध गराइएको छ ।

सिटामोलको अभाव भइरहेका खबर सार्वजनिक भएका बेला अबुल हुसेन अन्सारीले यो अभियानअन्तर्गत ५ लाख सिटामोल निःशुल्क वितरण गर्ने बताउनुभयो ।

कोभिड संक्रमण सुरु भएदेखि बजारमा पारासिटामोलको चर्को अभाव हुँदै गएको छ । अहिलेको कोभिड १९ महामारीका बेला सिटामोल औषधिको अत्यन्त जरुरी रहेकाले सिटामोलको अभाव हुन नदिनका लागि अयान हेल्थ केयर तथा अनमोल हेल्थ केयरले निःशुल्क सिटामोल चक्कि वितरण गरेको उहाँले स्पष्ट पार्नुभयो ।

एक सातामा पनि सिटामोल अभाव नसुल्भिएमा ७७ वटै जिल्लाका सदरमुकामबाट पारासिटामोल वितरणको अभियान सञ्चालन गर्ने अबुलले जानकारी गराउनुभयो ।

निशुल्क औषधि वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डे, महासचिव विप्लव अधिकारी र नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यलेसमेत सहभागिता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्