Logo
|
Wednesday 24th April 2024
Logo

epaper

२ हजार औषधि व्यवसायी रहेको काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितिय साधारण सभा सम्पन्न

व्यवसायिक मर्यादा भूल्न नहुनेमा जोड



जनस्वास्थ्य सरोकार, काठमाडौं । थोक, खुद्रा र आयात व्यवसायीहरु गरी करिब २ हजार औषधि व्यवसायी रहेको नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितिय साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा नेपाल औषधि व्यवसायी संघ केन्द्रिय महासचिव रामचन्द्र शर्मा, काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी र बागमति प्रदेश अध्यक्ष ध्रुब नारायण श्रेष्ठ


सो अवसरमा उपस्थित वक्ताहरुले व्यवसायिक मर्यादा भूल्न नहुनेमा विज्ञहरुले जोड दिएका छन् ।


उद्घाटन समारोहमा औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भन्नुभयो—‘भारतबाट खुला सिमाको फाइदा उठाउँदै मुलुकमा भित्रिएका अवैध औषधि विक्रीवितरणमा व्यवसायीहरुले दोषीलाई प्वाइन्ट आउट गर्न सकेका छैनन् । यसले गुणस्तरहीन औषधि बिक्रीवितरण भएर जनस्वास्थ्यमाथि नै खेलवाड भइरहेको छ ।’

उहाँले सबैभन्दा धेरै एजिनोमाइथ्रोसिन एन्टिबायोटिक औषधि पसलहरुबाट धेरै बिक्रीवितरण भइरहेको औंल्याउँदै क्षणिक लाभको पछि नलागी एन्टिबायोटिकको दुरुपयोग नियन्त्रणमा सहयोग गर्न औषधि व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।


सो अवसरमा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रिप्रसाद श्रेष्ठले गुणयुक्त, असरयुक्त, जनसुरक्षित तथा मूल्य एकरुपता औषधिहरु सर्वसुलभ उपलब्ध गराउँदै आएको बताउँदै औषधि बजारमा बढेको बिकृति र विसंगतिप्रति काठमाडौं जिल्ला शाखा सचेत रहेको स्पष्ट पार्नुभयो ।

पानसमा बत्ती बालेर सभाको उद्घाटन गर्दै वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी


काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले संस्थागत विकास, व्यवसायिक समस्याको समाधान र प्रभावकारी रुपमा सामाजिक उत्तरदायीत्वका कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ केन्द्रिय महासचिव रामचन्द्र शर्माले विगतदेखि यस संवेदनशील व्यवसायमा दक्ष जनशक्तिको अभाव, समय सापेक्ष परिवर्तन हुन नसकेको औषधि ऐनको प्रभाव, कार्यगत एकता र एकअर्काप्रति सम्मान गर्न नसकेको गुनासो व्यक्त गर्नुभयो ।

स्मारिकाको विमोचन गर्दै नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, केन्द्रिय महासचिव रामचन्द्र शर्मा, औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी र बागमति प्रदेश अध्यक्ष ध्रुब नारायण श्रेष्ठ


सो अवसरमा विभिन्न व्यक्तिलाई मायाको चिनो उपहार दिनुका साथै काठमाडौं जिल्ला शाखाले पहिलोपटक प्रकाशन गरेको स्मारिकाको विमोचन गरिएको थियो ।

गोष्टीमा सहभागीरुको झलक
गोष्टीमा सहभागीरुको झलक

प्रतिक्रिया दिनुहोस्