Logo
|
Saturday 20th April 2024
Logo

epaper

अव्वल अस्पताल व्यवस्थापक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वर्षा कोइराला भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा अस्पताल व्यवस्थापक हुनुहुन्छ । हस्पिटल म्यानेज्मेन्ट अध्ययन पुरा गरिसकेपछि आफ्नै क्षमताले जागिर शुरु गर्नुभयो । राजिवगान्दी युनिभर्सिटीअन्तर्गतको अल्भास कलेजबाट सन् २०१३ मा अस्पताल प्रशासन विषयमा अध्ययन पूरा गरिसकेपछि उहाँले आफ्नै क्षमताबाट प्रतिस्पर्धामा छनौट भएर विभिन्न ठाउँमा काम गर्दै आउनुभएको छ । शुरुका दिनदेखि नै उहाँले अस्पताल प्रशासक भएर काम गर्नुभयो । वर्षाले शुरुमा लायन्स आँखा अस्पतालमा प्रशासक भएर काम गर्नुभएको थियो । उहाँ नेपाल हेल्थकेयर म्यानेजर एसोसिएसनको कार्यकारी सदस्य पनि हुनुहुन्छ ।


वर्षाको हरेक दिन पूर्णकालीन समय अस्पताल व्यवस्थापनमा बित्छ । बिहानको आंशिक समयमा हेल्केयर म्यानेज्मेन्टभित्रका विषय अध्यापन गराउनुहुन्छ । आजकल हेल्थ केयर सर्भिस मार्केटिङ अध्यापन गराइरहनुभएको छ । यसमा प्रोडक्ट भन्दा पनि सर्भिसलाई बढी प्राथमिकतामा राखिएको हुन्छ । साथै हस्पिटलको ब्रान्डिङ प्रोमोसन, अवार्नेस क्याम्पियनहरु सबै पर्छन् । एउटा महिला भएपछि घर परिवारलाई पनि समय दिनुपर्छ ।

बिहानको समय अध्यापनमा व्यस्त हुने र दिउँसो अस्पताल सम्हाल्नुपर्ने भएकाले हामीले सोध्यौं— ‘यी सबै कुरालाई कसरी व्यवस्थापन गर्नुभएको छ ?’ प्रश्नको जवाफमा भन्नुभयो—‘इच्छाशक्ति र तत्परताको भूमिका महत्वपूर्ण हुने रहेछ । हस्पिटल र घर दुवैको व्यवस्थापन गर्नसक्नु पनि एउटा खुवी नै हो । दुवैलाई सम्हाल्न सफल छु । दुवै ठाउँको समस्या समाधान गर्नु नै मेरो कर्तव्य हो ।’


हस्पिटल संवेदनशील र डेलिकेट एरिया भएकाले हरेक जनशक्तिसँग कम्युनिकेसन र लिडरसिप मोटिभेसन महत्वपूर्ण हुन्छ । यसमा बिजनेस ओरियन्टेड र सर्भिस ओरियन्टेड दुवै कुरा पर्छन् । वर्षा भन्नुहुन्छ—‘त्यसैले कम्युनिकेसन कहाँबाट शुरु गर्ने भन्ने ख्याल गर्नुपर्छ ।’ जस्तोः उपचारका लागि आउने बिरामीले सेवा सुविधालाई कुन रुपमा लिएका छन् भन्ने कुरा कम्युनिकेसनबाट थाहा हुन्छ । यसबारे अस्पताल प्रशासक सचेत हुनुपर्छ । यसमा हस्पिटलको ह्यूमन रिसोर्स म्यानेजमेन्टका कुरा जोडिएका हुन्छन् ।


अस्पतालका स्टाफहरुले बोलेका टेक्निकल भाषा कतिपय बिरामीहरुले बुझ्न सक्दैनन् । सोध्न पनि संकोच मानिरहेका हुन्छन् । त्यसैले बिरामीले बुझ्ने गरी सामान्य भाषाको प्रयोग गर्नुपर्छ । सकेसम्म प्राविधिक भाषाको प्रयोग कम गर्नुपर्छ । नबुझेको कुरा सरल भाषामा बुझाइदिनुपर्छ ।

बिरामीलाई सेवा लिन दवाव दिन हुँदैन । अस्पतालमा कस्टोमर केयर तथा पव्लिक रिलेसनको व्यवस्था छ । अस्पताल व्यवस्थापकको काम स्थापित हस्पिटल सञ्चालन गर्ने मात्र नभई नयाँ शुरु हुन लागेको अस्पतालहरुको व्यवस्थापनसम्बन्धि पनि योजना तर्जुमा गर्नुपर्छ ।


काठमाडौं क्यान्सर सेन्टरमा ओपिडीमा जाँच गर्न दैनिक दर्जनौं बिरामी आउने गरेका छन् । क्यान्सरसम्बन्धि बिरामी धेरै सेन्सेटिभ हुने कुराको ख्याल गर्नुपर्ने वर्षाको भनाइ छ । सेन्टरमा रेडियोथेरापीमा लगभग सबै प्याक हुने गर्दछ । सर्भिक्स क्यान्सरका लागि प्रयोग गरिने रेडियोथेरापी प्रविधि ब्राकी थेरापी प्रायः बुकिङ नै हुन्छ ।

अव्वल व्यवस्थापकमा हुनुपर्ने गुण
‘हस्पिटल डेलिकेट ठाउँ भएकाले कस्टोमर केयर अफिरले डिल गर्न नसकेको बिरामीको समस्या म कहाँ आएर टुंगिन्छ । हस्पिटलमा काम गर्ने व्यवस्थापकले इम्प्याथी भन्ने कुरा एकदमै ख्याल गर्नुपर्छ । सिम्प्याथी देखाउनुको कुनै अर्थ हुँदैन ।’—भन्नुहुन्छ—‘अस्पताल व्यवस्थापकले बिरामीको समस्या समाधानमा आवश्यकता के हो भनेर इम्प्याथी देखाउनुपर्छ । पेसेन्ट ओरियन्टेड हुनुपर्छ । उपचारका लागि पुगेका बिरामीलाई समस्या आउन दिन हुँदैन ।’


‘यस सेन्टरमा विपन्नलाई दिने उपचार सुविधालाई सहज बनाइदिएका छौं । बीमा पनि कभरेज गरेका छौं । वर्षमा एकपटक विपन्नसम्बन्धि तालिम दिने गरेका छौं । अहिलेसम्म बिरामीलाई असहजता भएको फेला पारेको छैन ।’—वर्षाले भन्नुभयो—हामीले अस्पतालभित्र पारदर्शी कम्प्लेन बक्स राखेका छौं । यो म संकलन गर्छु ।’


वर्षाको घर जनकपुर हो । वुवा कृषिमा सरकारी जागिरे भएकाले विभिन्न ठाउँमा सरुवा हुने क्रममा पछिल्लो समय चितवनको रामपुर क्याम्पसबाट वर्षाले २०५९ सालमा एसएलसी पास गर्नुभयो । जनकपुरको नेशनल एकेडेमी कलेजबाट साइन्समा प्लस टु गरेपछि बुवाको टेक्निकल अध्ययन गराउने सोच अनुरुप देहरादुनबाट ल्याव टेक्नोलोजीमा स्नातक गर्नुभयो । तर पछि उहाँले आफ्नो चाहनाअनुसार अस्पताल व्यवस्थापनमा डिग्री गर्न सफल हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्