५ देखि ११ वर्ष उमेर समूहका चालीस हजारभन्दा बढी बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप
जनस्वास्थ्य सरोकार, मंगलसेन । अछाम जिल्लामा बालबालिकाहरुलाई धमाधम कोभिड विरुद्धको खोप लगाउन थालिएको छ ।

जिल्लाका चालीस हजारभन्दा बढी ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई ५३४ केन्द्रबाट कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउन थालिएको हो ।
जिल्लामा विद्यालयमा अध्ययनरत ३९ हजार ९० र बाहिरका ५२१ जना बालबालिकाहरु रहेका छन् । कोरोनाको दोस्रो मात्राको खोप भने भदौ २७ गतेबाट दिइने भएको छ ।