Logo
|
Friday 26th April 2024
Logo

epaper

बालबालिकामा हुने एलर्जी दमबारे सचेत बनौं



विश्वव्यापी रुपमा बालबालिकाहरुमा एलर्जी दमको समस्या बढ्दो गतिमा छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकका मानिसहरुलाई एजर्ली दमबारे राम्रो ज्ञान छैन । चिकित्सकहरुका अनुसार करिब ९० प्रतिशत बालबालिकालाई एलर्जेनका कारण दम हुने गर्दछ ।

यसलाई मेडिकल भाषामा एलर्जी ट्रिगर अस्थमा भनिन्छ । एलर्जेन एकप्रकारको तत्व हो जुन मानव शरीरको सम्पर्कमा आउँदा शरीरले अवान्छित असर वा प्रतिक्रिया देखाउँछ । एलर्जेनमा विशेषत प्रोटिनेस पदार्थहरू हुने भएकाले शरीरको सम्पर्कमा आउँदा प्रतिक्रिया देखाउनसक्छ । जस्तोः नाकमा रियाक्सन देखिएमा एलर्जिक राइनाइटिस, छातीमा सुजन भएमा दम, छालामा प्रतिक्रिया भएमा डर्माटाइटिस, खानामा एलर्जी भएमा पाचन प्रक्रिया वा छालामा समस्या आदि ।


एलर्जी भएका बालबालिकामा पारिवारिक वंशाणुगत इतिहास जोडिएको हुन्छ । वातावरणीय प्रदूषण, पश्चिमा जीवनशैली र अस्वस्थ्यकर खानपान, धूम्रपान आदिको सम्पर्कले एलर्जीको जोखिम बढाइरहेको हुन्छ । अनुसन्धानहरुले आमालाई दमको समस्या भएमा बच्चालाई हुने सम्भावना ३०—५० प्रतिशत हुनसक्छ ।

यदि आमाबुबा दुवैलाई दम भएमा छोराछोरीमा ७०–८० प्रतिशत दमको लक्षण देखिन सक्छ । बच्चा गर्भमा रहेको बेला आमाको तनावपूर्ण जीवनशैली, मिति हेरेर गराइने सिजरियन सेक्सन (नर्मल भेजाइनल डेलिभरिभन्दा जोखिम हुन्छ) फरमुला फिडिङ, घरभित्र र बाहिरको वातावरणीय प्रदूषण, धुम्रपानको सम्पर्क आदिले बालबालिकाहरुमा दमको जोखिम बढाइरहेको विज्ञहरुको भनाइ रहेको छ । महिना नपुगी जन्मिएका बच्चाहरु दमको उच्च जोखिममा हुन्छन् ।


यदि दम शुरु भएको पहिलो दुई वर्षमा उपचार शुरु नगरेमा श्वास फेर्ने नलीमा आउनसक्ने समस्याका कारण बालबालिकालाई पूर्व अवस्थामा फर्काउन निकै गाह्रो पर्छ । सही पहिचान र उपचार नहुँदा धेरै बालबालिकाका आफन्तहरु तड्पिरहेका छन् । शुरुको अवस्थामा अस्थमा उपचार नभएका बालबालिकाहरुमा कुनै पनि बेला अस्थमा एट्याक आउनसक्छ । यसले श्वास फेर्न गा¥ह«ो, शरीरमा अक्सिजनको कमीका कारण बेहोस हुने वा ज्यानै जान सक्ने सम्भावना रहन्छ । त्यसैले एलर्जी दमको सही चिकित्सक पहिचान गरेर उपचार गरेमा यसबाट बालबालिकाहरुलाई जोगाउन सकिन्छ । यसप्रति सबैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्