Logo
|
Wednesday 24th April 2024
Logo

epaper

औषधि उत्पादनको क्षेत्रमा एउटा नयाँ इतिहास कायम



नेपालमा हरेक वर्ष करिब २० हजार ५०८ नयाँ बिरामी थपिने गरेका छन् । करिव १३ हजार ६ सय २९ जनाको मृत्यु हुने गरेको छ । नेपालमा करिब ५० देखि ६० हजार क्यान्सर रोगीहरु रहेको अनुमान गरिएको छ । विगत ५ वर्ष भित्र करिब ४३ हजार क्यान्सर बिरामी पूर्ण रुपमा निको भएको नेपाल अर्वुद रोग निवारण संस्थाको तथ्याङ्कले देखाउँछ ।

क्यान्सर संसारभर मृत्युको प्रमुख कारण हो र संसारमा ज्यान लिने धेरै रोगहरुमध्ये यो दोस्रो स्थानमा रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ । क्यान्सरले कति व्यक्तिको चाँडै ज्यान लिनसक्छ भने कोही क्यान्सर भएरपनि दशकौं बाँचेका उदाहरणहरु पाइन्छ । पहिलो चरणमा पत्ता लागी सही उपचार पाएमा धेरै क्यान्सर निको हुनसक्छन् ।


क्यान्सर उपचारमा आवश्यक पर्ने औषधिमा मात्र बर्षेनी अर्बौ रुपियाँ विदेशिने र विदेशमा गएका क्यान्सरका बिरामीहरुले उपचारपश्चात् औषधि ल्याउनुपर्ने बाध्यतालाई सम्बोधन गर्दै क्यान्सर विरुद्धको नेपाली औषधि कम्पनि टिजिग फर्माले पहिलोपटक क्यान्सरविरुद्धका औषधिहरु उत्पादन शुरु गरेकोछ । कम्पनिले ट्याब्लेट र क्याप्सुलको रुपमा किमोथेरापीका औषधि उत्पादन गरेर बजारीकरण पनि गरिसकेको छ । इन्जेक्टेवल औषधि उत्पादन गर्न कम्पनिले सबै लेआउट तयार पारी निर्माण कार्य अघि बढाइसकेको छ ।


कम्पनिबाट प्रतिसिप्ट दैनिक १ लाख २५ हजार ट्याब्लेट, १ लाख ८५ हजार क्याप्सुल क्षमता स्थापित गरेको छ । हाल कम्पनिको दैनिक १० केजी व्याचसम्म उत्पादन क्षमता रहेको छ । यो क्षमता एन्टिक्यान्सर औषधि उत्पादन क्षेत्रमा राम्रो र एउटा स्थापित स्तरको मानिन्छ ।


अहिले नेपालभित्रै बिक्रिवितरण गर्न पाँचवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेका र विदेशमा निर्यात गर्न पनि थप तीन मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको छ । क्यान्सर रोगबिरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने यो कम्पनि नेपालकै पहिलो हो । औषधि व्यवस्था विभागबाट हालसम्म कम्पनिले २७ मोलिक्युल र ४५ प्रकारका क्यान्सर विरुद्धका औषधिहरु उत्पादन लाइसेन्स पाइसकेको छ । जसमध्ये ५ वटा फर्माकोपेल र २२ वटा नन फर्माकोपेल रहेका छन् ।

औषधि उत्पादन लाइसेन्स प्राप्त औषधिमध्ये ८ वटा मोलिक्युलका ११ प्रकारका औषधि विभागबाट मार्केटिङ लाइसेन्स प्राप्त भई बजारमा गइसकेका छन् । बाँकी औषधिहरु मार्केटिङ लाइसेन्सका लागि पाइपलाइनमा रहेका छन् । त्यस्तै कम्पनिले अन्य १० मोलिक्युलका १७ प्रकारका औषधिहरु औषधि उत्पादन अनुज्ञापत्र लिन पाइपलाइनमा राखेको छ ।


‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ तथा २०७५’ अन्तर्गत भारतको हैदरवादमा रहेको एसपीएक्युर (एसपीएएलल्याव) सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालनमा आएको र आइ.एस.ओ. ९००१ः २०१५ मान्यता प्राप्त क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालको पहिलो विशिष्टिकृत कम्पनि हो यो ।

विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधि ऐन र नियमावलीमा रहेका व्यवस्था सम्बन्धित औषधिहरुको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम भएको र थप एस पि एल (विश्व स्वास्थ्य संगठन, गुड म्यानिफ्याक्चरिङ प्राक्टिस, इयुजिएमपी सर्टिफाइड) व्यवस्थापन तथा निगरानीमा भइरहेकाले औषधिको गुणस्तर नियन्त्रण, नियमनमा बलियो आधार बनेको छ । टिजिग फर्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालको पहिलो विशिष्टिकृत कम्पनि बनेको छ ।


विगतको तुलनामा उपचार गर्ने विशेषज्ञ, हस्पिटल, क्यान्सर थेरापीका अत्याधुनिक उपकरण वृद्धिले क्यान्सरका बिरामीहरुले सहुलियत पाइरहेका छन् । तर क्यान्सर विरुद्धका औषधिहरुको विकास र विस्तारमा मुलुक पछि परेको वर्तमान अवस्थामा टिजिगको उपस्थितिले औषधि उत्पादनको क्षेत्रमा एउटा उर्जा उत्साह एवं नयाँ इतिहास कायम राख्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्