देशभर कोरोनाका ३६ सक्रिय संक्रमित, ५ जना नयाँ संक्रमित थपिए

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँचजना कोभिड १९ संक्रमित थपिएका छन् ।
एक हजार १५९ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज एकजना संक्रमणमूक्त भएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।