देशभर १४ जना सक्रिय संक्रमित, थप ३ जनामा संक्रमण पुष्टि

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन् ।
चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।
आज सातजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।