Logo
|
Thursday 28th March 2024
Logo

epaper

क्यान्सरले मानवका आगामी दिन झनै कठिन बनाउँदै:सन्दर्भ विश्व क्यान्सर दिवस २०२३

समस्या समाधान गर्ने एक मात्र उपाय शरीरबाट रोग हटाउने प्रयास हो



विश्वभर आज क्यान्सर दिवस मनाइदैछ । सन् २०२२ देखि निरन्तर तीन वर्षसम्म ‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

क्यान्सरका कुनै पनि (धनी, गरिब सबै) बिरामीले हेरचाहमा विभेद झेल्नु नपरोस् भन्ने यो नाराको आशय हो । अर्थात् क्यान्सर रोगीको हेरचाहमा भइरहेको असमानता पहिचान गरी यस्तो गल्तीलाई निरन्तरता दिन हुँदैन भन्ने मान्यता नारामार्फत प्रवाह गर्न खोजिएको छ ।


क्यान्सरको हेरचाहमा हुने असमानता नागरिकको जीवनसँग जोडिएको छ । सन् २०२२ मा सुरू गरिएको यो नाराले आगामी ४ फेब्रुअरी २०२४ सम्म निरन्तरता पाउने छ । यसअघि सन् २०१९ देखि २०२१ सम्म ‘म छु र म हुनेछु’ भन्ने नारा दिएर दिवस मनाइएको थियो ।
क्यान्सर विश्वभर मृत्युको प्रमुख कारण बनेको छ । विश्व क्यान्सर दिवस हरेक वर्ष ४ फेब्रुअरीमा यो रोग र यसले निम्त्याउने आतंकसँग लड्ने प्रयास बारे चर्चा गर्न मनाइन्छ । यस वर्ष विश्व क्यान्सर दिवसको रंगा सुन्तला र निलो राखिएको छ । यो दिनले प्रारम्भिक पहिचान, उपचार र भावनात्मक सहयोगमार्फत रोगसँग लड्न एकजुट भएर काम गर्न आह्वान गर्छ ।

क्यान्सर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संघ (यूआईसीसी) को पहलमा सन् २००० देखि दिवस मनाउन थालिएको हो । त्यो वर्षको ४ फेब्रुअरीमा क्यान्सरविरुद्ध फ्रान्सको पेरिसमा भएको विश्व शिखर सम्मेलनले दिवस मनाउने निर्णय गरेको थियो ।


जीवनको उत्पादनशील अवस्थामै क्यान्सरको जोखिम बढी
यो एक विश्वव्यापी पहल हो जुन पहिलोपटक सन् २००० मा क्यान्सरबारे चेतना जगाउन र यसको प्रारम्भिक पहिचान, रोकथाम र उपचारलाई प्रोत्साहित गर्न आयोजना गरिएको थियो । मानव जाति एक सयभन्दा बढी प्रकारका क्यान्सरबाट पीडित छ ।

विश्व क्यान्सर दिवसको सबैभन्दा महत्वपूर्ण कारकमध्ये एक प्रारम्भिक क्यान्सर स्क्रिनिङ र अन्य धेरै कारकको महत्ववको वकालत गर्नु हो । किन क्यान्सरको लागि प्रारम्भिक स्क्रिनिङ महत्वपूर्ण छ र यसलाई विकल्पको रूपमा किन व्यवहार गर्नु हुँदैन ।


यसकारण महत्वपूर्ण प्रारम्भिक स्क्रिनिङ
सामान्य स्वास्थ्य हेरचाहको लागि क्यान्सर स्क्रीनिङ आवश्यक छ । स्क्रीनिङबाट प्राप्त तथ्यले क्यान्सरबाट बच्ने सबैभन्दा राम्रो उपाय थाहा पाउन सकिन्छ । जति चाँडै रोग पत्ता लाग्छ त्यति नै चाडो यसका घातक कोशिकाहरू शरीरका अन्य भागमा फैलनबाट रोक्ने प्रयास गरिन्छ ।


प्रारम्भिक क्यान्सर निदानको लक्ष्य भनेको लक्षण भएका व्यक्तिलाई सकेसम्म चाँडो पहिचान गर्नु हो ता की उनीहरूले उपचारको उत्तम मौका पाउन सकुन् ।

प्रारम्भिक निदानले क्यान्सरको नतिजालाई सुधार गर्छ । यसलाई सबै सन्दर्भमा एक आवश्यक सार्वजनिक स्वास्थ्य दृष्टिकोण बनाउँछ । प्रारम्भिक निदान एउटा प्रविधि हो, जबकी स्क्रीनिङ अर्को हो । यसलाई परीक्षण, परीक्षा वा अन्य प्रक्रियाहरू प्रयोग गरेर अज्ञात रोगको पहिचान भनिन्छ ।
क्यान्सर स्क्रिनिङ प्रारम्भिक निदानभन्दा एक अद्वितीय र अधिक जटिल सार्वजनिक स्वास्थ्य रणनीति हो । धेरै मानिस क्यान्सर स्क्रिनिङको लागि अपोइन्टमेन्ट तय गर्न हिचकिचाउँछन् ।

कहिलेकाहीँ मानिस आफ्नो शरीरमा रोग छ भन्ने तथ्यलाई स्वीकार गर्नुभन्दा अज्ञानी रहन्छ । तर, अज्ञानताले रोग हट्दैन । समस्या समाधान गर्ने एक मात्र उपाय शरीरबाट रोग हटाउने प्रयास हो ।


विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार, सन् २०२० को तथ्याङ्कअनुसार, क्यान्सरका कारण विश्वमा वर्षेनी एक करोड व्यक्तिको मृत्यु हुने गरेको छ । ६ जनाको मृत्यु हुँदा एकजना क्यान्सरका कारण हुने गरेको छ

प्रतिक्रिया दिनुहोस्