देशभर थप ३ जनामा कोरोना संक्रमण, ८ जना सक्रिय संक्रमित

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार थप २२४ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधीमा १ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, देशभर ८ जना सक्रिय संक्रमित रहेका छन् ।