नेपालमा थप २ जनामा कोरोना संक्रमण, २९ जना सक्रिय संक्रमित

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दो क्रममा रहेको छ । शुक्रबार थप दुई जना संक्रमित थपिएका छन् ।
२८९ जनाको पीसीआर परीक्षण गरिएकामा दुई संक्रमित पाइएका हुन् । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।
शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।