Logo
|
Thursday 2nd May 2024
Logo

epaper

नेपालमा एकैदिन ६९ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्ला केहिदिनयता कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । सोमबार एकैदिन ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट ४८८ पीसीआर परीक्षणबाट २५ जना र ७७८ एन्टिजेन परीक्षणबाट ४४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६६ पुगेका छन् । सो अवधिमा १ जना मात्र संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा ३४ हजार ८८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्