देशभर थप ७६ जनामा कोरोना संक्रमण, २२७ सक्रिय संक्रमित

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १ हजार १ सय ५१ नमुना परीक्षणमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही समयमा १६ जना कोरोना संक्रमित निको भएका छन् । नेपालभर कूल सक्रिय संक्रमितको संख्या २२७ रहेको छ ।