देशभर थप १०८ जनामा कोरोना संक्रमण, ७ जना आईसीयूमा उपचाररत
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् ।
संस्थागत आइसोलेसनमा २१, आइसीयुमा ७ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।