Logo
|
Friday 3rd May 2024
Logo

epaper

देशभर १०३ जना कोरोना संक्रमित थपिए, ६१ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । एक हजार ६४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ ।

अहिले काठमाडौंका अस्पतालमा कोरोनाका २६ संक्रमित उपचाररत छन् । तीमध्ये आठजना आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्