आइतबार ८१ जनामा कोरोना संक्रमण, ५४ जना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसबाट आइतबार ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७० जनाको पीसीआर परीक्षणबाट ४१ तथा ९३६ जनाको एन्टिजेन परीक्षणबाट ४० संक्रमित थपिएका हुन् ।
हाल सक्रिय संक्रमितको संख्या ३७० जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा २२ जना, ३ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् ।