Logo
|
Saturday 26th October 2024
Logo

epaper

पत्रकार शेषकान्त पण्डितको निधन, लामो समयदेखि पेटको क्यान्सबाट पीडित



जनस्वास्थ्य सरोकार, काठमाडौं । पत्रकार शेषकान्त पण्डितको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सबाट पीडित उहाँको उपचारको क्रममा ललितपुरको मेडिसिटी हस्पिटलमा आज बिहान ३ बजे उहाँको निधन भएको हो ।

गोरखापत्र दैनिकका उपसम्पादक पण्डित ४७ वर्षको हुनुहुन्थ्यो । उहाँ शिक्षा पत्रकार समाजको महासचिव समेत हुनुहुन्थ्यो । पण्डितको श्रीमती, एक छोरा, एक छोरी, आमा, तीन दिदी र तीन दाजु हुनुहुन्छ । तनहुँको भानु नगरपालिका १२ मा २०३३ वैशाखमा जन्मनुभएका पण्डित बुबा बद्रीप्रसाद पण्डित र आमा मनोहरीदेवी पण्डितका कान्छो छोरा हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा अत्येष्टी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्