Logo
|
Saturday 27th July 2024
Logo

epaper

एनसिडिए काठमाडौं जिल्ला शाखाद्धारा कामनपा स्वास्थ्य विभागलाई ग्लोव्स र औषधि हस्तान्तरण



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिका स्वास्थ्य सेवा विभागलाई नदी सरसफाइका लागि आवश्यक पर्ने ग्लोव्स र औषधि हस्तान्तरण गरेको छ ।

एनसिडिए काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र महासचिव शुभमान श्रेष्ठले कामनपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन र वातावरण बिभागका उपनिर्देशक सानु मैया महर्जनलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

काठमाडौ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत नदी सरसफाई परियोजनाको सरसफाईमा खटिने कर्मचारीहरुको मनोबल उच्च बनाउदै उहाँहरुले गरेको प्रसंशा योग्य कामको कदर स्वरुप ग्लोव्स र औषधि हस्तान्तरण गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्