Logo
|
Saturday 28th September 2024
Logo

epaper

एनएनसिएका अध्यक्ष विप्लव रञ्जितद्धारा आहारपुरक, न्युट्रास्युटिकल र कस्मास्युटिकलको गुणस्तरमा ध्यान दिन आग्रह

आहारपुरक, न्युट्रास्युटिकल, कस्मास्युटिकल जनस्वास्थ्यसँग सम्बन्धित भएकाले बट्टामा लेखिए अनुसारको इन्ग्रिडेन्ट अनिवार्य हुन जरुरी



नेपाल हेल्थ न्युज, पुने भारत । नेपाल न्युट्रास्युटिकल कस्मास्युटिकल्स एसोसिएसन (एनएनसिए) का अध्यक्ष विप्लव रञ्जितले नेपालको नियम कानुनमा रहन सबै कम्पनिहरुलाई आग्रह गर्नुभएको छ ।

विप्लव रञ्जित-अध्यक्ष,नेपाल न्युट्रास्युटिकल कस्मास्युटिकल्स एसोसिएसन (एनएनसिए)

उहाँले भारतबाट आयात गरिने आहारपुरक, न्युट्रास्युटिकल्स र कस्मास्युटिकलको गुणस्तरमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

फर्मा इएक्सको आयोजनामा भारतको पुनेमा आजदेखि शुरु भएको दुई दिने न्युट्रास्युटिकल कस्मास्युटिकलको प्रदर्शनीमा अतिथीको आसनबाट बोल्दै उहाँले भन्नुभयो–‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गराएर मात्र सामान ल्याउनुहोला । उहाँले पैसाको लोभमा आहारपुरक र कस्मास्युटिकलको गुणस्तरमा सम्झौता नगर्न जिकिर गर्नुभयो ।

अध्यक्ष रञ्जितले भन्नुभयो— ‘आहारपुरक, न्युट्रास्युटिकल, कस्मास्युटिकल जनस्वास्थ्यसँग सम्बन्धित भएकाले बट्टामा लेखिए अनुसारको इन्ग्रिडेन्ट अनिवार्य हुन जरुरी छ ।’


सो प्रदर्शनीमा भारतका २०० सय भन्दा बढी खाद्यपुरक, न्युट्रास्युटिकल एवं कस्मास्युटिकल कम्पनिहरुले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्