Logo
|
Thursday 19th September 2024
Logo

epaper

राष्ट्रपतिबाट दश महिला चिकित्सक सम्मानित



नेपाल हेल्थ न्युज,काठमाडौँ । स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गर्ने १० जना महिला चिकित्सकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान पाएका छन् ।

वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा नेपाल चिकित्सक संघद्धारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

वुमेन इन मेडिसिन इन नेपाल अवार्ड तर्फ डा. रिता गुरुङ (अप्थाल्मोलोजिष्ट), डा. शान्ताकुमारी सापकोटा (एनेस्थेसियोलोजिष्ट), डा. हिरा तुलाधर (स्त्री तथा प्रसूति विशेषज्ञ), डा. गीता सायमी (प्याथोलोजिष्ट) र डा. कल्पना सुवेदी उपाध्याय (पेडियाट्रिसियन) गरी ५ जनाले सम्मान पाउनुभयो । यसैगरी डा. सुनिती आचार्य, डा. सुधा खकुरेल, डा. विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठले वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नुभयो ।


पूर्व सचिव डा. सुधा शर्माको संरक्षकत्व र डा. आश्मा राणाको संयोजकत्वमा गठित समितिले सम्मानका लागि महिला चिकित्सकको नाम छनौट गरी संघलाई नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्