नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १७ औं बैठकमा सरकारी शैक्षिक संस्थाहरुमा एमडी, एमएस र एमडीएसको सिट संख्या थप गर्ने निर्णयको कार्यान्वयन नभएको प्रति आपत्ति जनाएको छ ।
नेपाल चिकित्सक संघले आफ्ना मागहरु ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ । आफ्ना माग सम्बोधन नभएमा संघ कडा कदम चाल्न बाद्य हुने र सोबाट पर्ने असुविधाको जिम्मेवार सरकार स्वयं हुने जनाएको छ ।
माघ ४ गते संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीसहितको टोलीले शिक्षा मन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई ज्ञापन पत्र बुझाउँदै सो चेतावनी दिइएको हो ।