Logo
|
Saturday 20th April 2024
Logo

epaper

प्याथोलोजीसँग आइटीको कम्बाइन गर्न खोजिरहेका छौं



Bikesh ji
विकेश श्रेष्ठ, इष्ट वेष्ट कन्सर्न प्रा.लि.

नेपालमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेडिकल उपकरणको आपूर्ति र सर्भिसमा इष्ट वेष्ट कन्सर्न निकै संवेदनशील भएर अगाडि बढेको छ  । यसअघि इष्ट वेष्टले रेडियोलोजी, इमेजिङ, सर्जरी, क्रिटिकल केयरजस्ता धेरै विभागहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको थियो । यसकारण पनि इष्टवेष्टको सेवा प्रति धेरैको विश्वास र भरोसा छ । केही वर्ष अघिदेखि इष्टवेष्टले प्याथोलोजी ल्याबोरेटोरीसम्बन्धि नयाँ सेवा शुरु गरेको छ । थोरै समयमा इष्ट वेष्टले अहिलेको प्याथोलोजी सेवामध्ये Fully Automated Laboratory Segments को ५० प्रतिशत बजार ओगट्न सफलभएको छ । यसै परिप्रेक्षमा कम्पनिका प्याथोलोजी ल्याबोरेटोरी विभागका Business Unit Head विकेश श्रेष्ठसँग जनस्वास्थ्य सरोकारले गरेको संक्षिप्त कुराकानी ।

प्याथोलोजी ल्याबोरेटोरी सामानआपूर्ति कतिको चुनौतिपूर्ण छ ?
शुरुको समयमाप्या थोलाजी विभाग सञ्चालनमा केही गार्‍ह्रो भएपनि धैर्यताका साथ अघि बढेकाले सफलता हाँसिल गर्न सफल भएका छौं ।

कतिको सफलता हाँसिल गर्न सफल हुनुभयो ?
विगत २ वर्षको अवधिमा अहिलकेको प्याथोलोजी सेवामध्येFully Automated Laboratory Segments   को ५० प्रतिशत बजार ओगट्न सफल भएका छौं । यसअघि धेरै प्रकारका टेष्टहरु भारतलगायत तेस्रो मुलुकमा परीक्षणका लागि जाने गरेकोमा हाम्रो प्रयासले धेरै हदसम्म यसलाई रोक्न मद्धत गरेको छ । यो नेपाल र नेपालीहरुका लागि खुशीको खबर हो ।
अधिकांश कुन कम्पनिका सामानहरु आपूर्ति गर्नुहुन्छ ?
विश्वबजारमा पायनिर मानिएका SIEMENS तथा LEICA कम्पनिका प्याथोलोजी र हिस्टोप्याथोलोजी सम्बन्धिका धेरै उपकरणहरु बजारमा आपूर्ति गर्दै आएका छौं । यसबाट अत्याधुनिक टेष्ट र बायोप्सी सेवाहरु उपलब्ध भइरहेको छ ।

अहिलेसम्मको सफलता केलाई ठान्नुहुन्छ ?
विश्वका अत्याधुनिकFully Automated उपकरणहरु नेपाल भित्र्याई बिरामीहरुलाई अन्तर्राष्ट्रियस्तरका सेवा उपलब्ध गराउन सफलभएका छौं । डेढ वर्षको अवधिमा SIEMENS CLIA Immunoassay नेपालमा अत्यधिक रुपमा जडान गर्न सफल भएका छौं । यो मुलुकको आवश्यकता हो ।  विगतमा भिटामिन डी लगायतका टेष्टहरु परीक्षणका लागि भारत लगायत तेस्रो मुलुकमा पठाउने गरिन्थ्यो । तर अहिले नेपालमा हुन थालेको छ । एउटै उपकरणले धेरै प्रकारका टेष्ट गर्ने भएकाले यो लोकप्रीय छ । अहिले भारतलगायत तेस्रो मुलुकमा पठाउनुपर्ने अधिकांश टेष्ट नेपालमा संभव भएका छन् ।
त्यसो त के कस्ता सामानहरु बजारलाई दिइरहनुभएको छ?
हामीले हालसम्म World Wide Proven Technology sf Integrated Chemistry, CLIA Immunoassay, 5 part hematology, Electrolyte, Diabetic, Urine Chemistry      का साथै Histopathology Lab set up का उपकरण बजारमा उपलब्ध गराउँदै आएका छौं । हामीसँग भएका १०४ थरीका टेष्ट गर्ने क्षमताका Chemistry Analyzer तथा रक्त क्यान्सरको शुरुको अवस्थामा पहिचान गर्नसक्ने Hematology Analyzer धेरै अस्पताल तथा निजी प्रयोगशालाहरुले प्रयोगमा ल्याइरहेका छन् ।
सेवा र सर्भिस कस्तो हुनुपर्छ?
सेवा र सर्भिसमा कुनै कमजोरी हुन दिन हुँदैन । संवेदनशील रुपमा काम गर्नुपर्छ । समयमा रि—एजेन्टस् पुर्‍याउनुका साथै कोल्ड चेन मेन्टेन गर्न कञ्जुस्याँई गर्न हुँदैन । कोल्ड चेन मेन्टेन भएपछि ल्याब टेष्टको गुणस्तरमा कमी आउँदैन । हामीले प्रदान गर्ने हरेक रि—एजेन्टस् अत्याधुनिक र गुणस्तरीय छन् किनभने हामीसँग काठमाडौं र काठमाडौं बाहिर सप्लाई चेनको व्यवस्था छ । तापक्रम मेन्टेन गरेर हरेक ल्याबलाई रि—एजेन्टस् पु¥याइरहेका छौं ।
प्याथोलोजी एवं ल्याबोरेटोरी उपकरणहरुमा एप्लिकेसनको महत्वपूर्ण भूमिका हुन्छ । मेसिन कसरी चलाउने ? अपरेट कसरी गर्ने ? रिजल्ट नमिल्नुको कारण के हो ? जस्ताकुराहरुको समाधानका लागि एप्लिकेसन एक्सपर्टिजहरुलाई तालिम गराएका छौं । यसले राम्रो रिपोर्ट निकाल्न के के कुरामा ध्यान दिने भन्ने कुरा एप्लिकेसन एक्सपर्टिजहरुले सम्बन्धित प्रयोगकर्ताहरुलाई तालिम दिने गरेका छन् । After sales services का लागि दक्ष इन्जिनियरहरुबाट समयमै Troubleshooting तथा रिएजेन्टस्हरु आपूर्ति गरी सुचारु रुपमा प्याथोलोजी ल्याबोरेटोरीहरु सञ्चालन गर्न सहयोग गरिरहेका छौं, जसबाट बिरामीले पाउने रिपोर्टको Turn Arround Time मा सफलतामिलेको छ ।
यहाँहरुले सिमेन्स कम्पनिका सामानहरु नै आपूर्ति गर्न किन रोज्नुभयो ?
सिमेन्स कम्पनिका उत्पादनहरुले विश्वमा ख्याति कमाएका छन् । सिमेन्स कम्पनिका उत्पादनहरुमा Single instrument with multiple Parameter को सुविधा छ । Bikesh1
बजारलाई दिएको कुनै नयाँ प्रविधिबारे एक उदाहरण भए बताइदिनुस् न ?
इष्टवेष्ट कन्सर्न प्रा.लि.ले नेपालमा पहिलोपटक Specific Allergy परीक्षणका लागि CLIA Based Specialty Immunoassay मेसिन भित्र्याएका छौं । विगतमा निगेटिभ र पोजेटिभ एलर्जी टेष्ट मात्र हुने गर्दथ्यो । बिरामीलाई के को एलर्जी भइरहेको छ ? भन्ने थाहा हुँदैन थियो । अहिले यो मेसिनले के को एलर्जी हो भन्ने पत्ताल गाउन संभव भएको छ । यो मुलुकका लागि आवश्यकता थियो । यस अघि एलर्जीको स्पेशिफिक टेष्ट गर्न धेरै नमूनाहरु भारत लैजाने गरिन्थ्यो । बिरामीले चर्को शुल्क तिर्नुपर्दथ्यो । तर अहिले यो न्यूनिकरण हुनथालेको छ ।
भावी योजना के छ ?
नेपालको प्याथोलोजीको क्षेत्रमा अझ नयाँ र परिस्कृत अत्याधुनिक प्रविधिहरु भित्र्याउने लक्षका साथ अघि बढेका छौं । इष्ट वेष्ट कम्पनिले छुट्टै आइटी विभाग स्थापना गरी LIS (Laboratory Information System)  सेवा दिन जुटेका छौं । यसले मानवीय त्रुटी न्यूनिकरण हुनुको साथै समयको पनि बचत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्