Logo
|
Saturday 20th April 2024
Logo

epaper

अमेरिकाको जस्तो अत्याधुनिक क्यान्सर उपचार सेवा प्रदान गछौं



dr bijesh raj
डा. बिजेश राज घिमिरे मेडिकल डाइरेक्टर,मेडिकल अंकोलोजिष्ट नेपाल क्यान्सर हस्पिटल

क्यान्सर लागेका बिरामीहरुले अहिले के कस्ता दुःख झेल्न बाद्य छन् ? 

छिमेकी मुलुक भारतमा निकै कठिनका साथ धेरै नेपालीहरु क्यान्सर उपचार गराउन बाद्य छन् । जस्तोः भारतको राजीब गान्धी क्यान्सर हस्पिटललगायतका धेरै क्यान्सर उपचार गर्ने अस्पताल आसपासमा भाडामा कोठा लिएर सयौं बिरामीले क्यान्सरको उपचार गराइरहेका छन् । क्यान्सर खर्चिलो उपचार हो र यसको उपचारमा लामो समय लाग्छ । आवतजावत र बसोबासमा बिरामीहरुको धेरै खर्च भइरहेको छ । हाम्रो अनुमानअनुसार नेपालबाट एक वर्षमा एक अर्ब ३० करोड भन्दा बढी रुपियाँ क्यान्सर उपचारका लागि विदेशीने गरेको छ । यसमा आउने जाने खर्च जोडिएको छैन । नेपाली जनताले पाएको यो सास्ती सानो समस्या होइन । मुलुकमा बर्षेनी २०—२५ हजार नयाँ क्यान्सर रोगी थपिने र ७० हजार भन्दा बढी व्यक्ति क्यान्सरलाई क्यान्सर भएको अनुमान छ । हाल मुलुकमा भइरहेको उपचारले यो संख्यालाई धान्न सक्ने देखिदैन । अत्यधिक जनरल अस्पताल र मेडिकल कलेजहरुमा पर्याप्त क्यान्सर वार्डको व्यवस्था गरिएको पनि पाइँदैन । 

नेपाल क्यान्सर हस्पिटलले क्यान्सर उपचारमा कस्तो सुविधा प्रदान गर्दैछ ?

यस हस्पिटलबाट क्यान्सरका बिरामीहरुले अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्राप्त गर्दैछन् । विदेशतिर क्यान्सरका लागि एभिडेन्स बेश मेडिसिनको आधारमा प्राक्टिस हुने र होलिस्टिक एप्रोचको अवधारणा अपनाइएको हुन्छ । बिरामी अस्पतालमा पुगिसकेपछि प्याथोलोजिष्ट, क्लिनिकल अंकोलोजिष्ट, सर्जन सबै एकै ठाउँमा बसेर छलफल गरी बिरामीको अवस्था अनुसार कुन उपाय अपनाउने भन्ने ठोस निर्णयमा पुग्छन् । हामीले पनि अन्तर्राष्ट्रियस्तरको प्राक्टिसलाई अंगिकार गरेका छौं । हामीले विश्वकै उत्कृष्ठ अत्याधुनिक रेडिएसन मेसिन जडान गर्दै छौं । यसरी नेपालबाट क्यान्सर उपचारका लागि विदेशीन बाद्य भएका हजारौं बिरामीलाई राहत पुग्ने छ भने क्यान्सर उपचारकै नाममा विदेशिने देशको ठूलो धनराशी जोगिने विश्वास लिएका छौं । अब अमेरिका जस्ता ठाउँहरुमा उपलब्ध क्यान्सर उपचार सेवा मुलुकभित्रै प्रदान गर्ने अभियानका साथ अघि बढेको जानकारी गराउँछु ।

सेवा सुविधा कत्तिको सर्वसाधारणको पहुँभित्र छ ?
धेरै महँगो शुल्क छैन । सामान्य अस्पतालमा लिइने शुल्क सो सरहनै उपचार सेवा दिँदैछौं । नाफा भन्दा पनि सेवालाई पहिलो प्राथमिकतामा राखेका छौं । हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं ।

क्यान्सर लागेपछि बिरामी पनि नबाँच्ने र धनराशी पनि सक्ने भन्ने भनाइ छ । यो कुरा कतिको साँचो हो ? Nepal cancer hospital 1
सुरुको अवस्थामा क्यान्सर डायग्नोसिस भएमा यहाँले गर्नुभएको प्रश्न साँचो हुन सक्दैन किनभने अमेरिकाले दुई वर्षदेखि क्यान्सरलाई दीर्घ रोगमा राखेको छ । ३३ प्रतिशत रोकथाम, ३३ प्रतिशत उपचार र ३३ प्रतिशत प्यालिएटिभ केयर दिनुपर्छ । नेपालमा रोकथामका अभियान सञ्चालनमा छैन । करिब ७० प्रतिशत क्यान्सर तेस्रो तहमा मात्र पहिचान हुने भएकाले क्यान्सर ज्यान लेवा भन्ने आम विश्वास छ । अमेरिकामा क्यान्सरले २५ प्रतिशतको मात्र मृत्यू हुन्छ तर ७५ प्रतिशत क्यान्सरको उपचार हुन्छ तर विडम्बना नेपालमा यस्तो अवस्था छैन किनभने क्यान्सरका बिरामीहरु डायग्नोसिसका लागि अन्तिम चरणमा मात्र आइपुग्छन् । यो जनचेतनाको अभाव हो । त्यसैले चाँडै क्यान्सर पहिचान भएमा यसलाई राम्रोसँग निको पार्न सकिन्छ ।
क्यान्सर रोकथामका अभियानहरुलाई कसरी अघि बढाउनुभएको छ ?
क्यान्सर उपचार गर्नुमात्र हाम्रो लक्ष्य होइन । हामीले रोकथाममलाई पूर्ण प्राथमिकतामा राखेका छौं । यसका लागि अस्पतालमा छुट्टै प्रिभेन्टिभ सेक्सन स्थापना गरेका छौं । ठाउँ ठाउँमा जनचेतना अभिबृद्धि विभिन्न क्याम्पहरु सञ्चालन गर्दैछौं । हरेक घर घरमा क्यान्सरबारे जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु छन् । यसका साथै रोग चाँडै पत्ता लगाउन स्क्रिनिङ प्याकेजहरु अघि बढाएका छौं । आफूलाई क्यान्सरको शंका लागेमा वा लाग्न सक्ने संभावना बोकेकाहरुले अस्पतालमा आएर डायग्नोसिस सेवा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्