Logo
|
Saturday 20th April 2024
Logo

epaper

विदेशीको उपचार गर्ने अस्पताल



dr girban1
डा. गिर्वाणराज तिमिल्सिना, मेडिकल डाइरेक्टर, एरा हस्पिटल प्रा.लि.

‘पढाइको सिलसिलामा मैले कोपेन हेगन डेनमार्क जस्ता देशमा आधा दशक बिताएँ । त्यहाँको युरोपियन स्तरका हस्पिटल कस्तो छ ? विदेशी लक्षित हस्पिटल कस्ता हुन्छन् ? जस्ता कुरामा बुझ्ने र जान्ने मौका पाएँ । सोही अनुसार मुलुकमा विदेशीको भरपर्दो उपचार गर्ने अत्याधुनिक हस्पिटल स्थापना गर्न सफल भएको छु ।’

– सरकारी तथा निजी अस्पतालहरुमा विदेशी पर्यटकहरुलाई उपचार सेवा दिने व्यवस्था मिलाइएको त्यति पाइँदैन ।
– नेपालमा बिदेशीलाई मात्र लक्षित गरेर उपचार गर्ने अस्पताल त्यति छैनन् ।
– विदेशी पर्यटक लक्षित हस्पिटलका लागि महँगो लगानी होइन सेवा र सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ ।Era

पर्यटकका लागि खै अस्पताल ?
विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउँदा सामान्य फूड पोइजनिङदेखि विभिन्न जटिल समस्याकोसमेत सामना गर्नुपर्ने हुनसक्छ । यसरी विदेशी पर्यटकहरु कुनै न कुनै स्वास्थ्य समस्याको मारमा परेको अवस्थामा मुलुकमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा विदेशी पर्यटकहरुलाई उपचार सेवा दिने व्यवस्था मिलाइएको त्यति पाइँदैन । नेपालका ग्रान्डी, नर्भिक लगायतका अरु अस्पतालहरुले विदेशी पर्यटकहरुको उपचार गर्नेतर्फ अग्रसरता देखाएको भएपनि विदेशीका लागि मात्र भनी खोलिएका अस्पताल भने छैनन ।

मेडिकल इन्स्योरेन्सबाट खर्च
विदेशी पर्यटकहरुले सम्भावित स्वास्थ्य उपचारका लागि नगद बोकेर आएका हुँदैनन् । उनीहरुले प्राय मेडिकल
इन्स्योरेन्स गरेर आएका हुन्छन् । त्यही मेडिकल इन्स्योरेन्समार्फत उनीहरुको स्वास्थ्य उपचारको खर्च ब्यहोरिन्छ ।

कमजोर पूर्वाधार
एकातिर नेपालका अस्पतालहरुमा विदेशी पर्यटकहरुलाई कुन तरिकाले उपचार सेवा दिने भन्ने त्यति ज्ञान छैन भने अर्कोतिर उनीहरुका लागि आवश्यक पर्ने पर्याप्त भौतिक पूर्वाधारहरुको व्यवस्था मिलाइएको पनि पाइँदैन ।

भरपर्दो सेवा र सुविधा
मुलुकमा विदेशी पर्यटकहरु भित्र्याउने सरकारी लक्ष्यलाई केहीहदसम्म सहयोग पु¥याउनु हामी सबैको कर्तव्य हो । ERa receptionविदेशी पर्यटक लक्षित हस्पिटलका लागि महँगो लगानी चाँहिदैन । सेवा र सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ । यसैलाई लक्षित गरेर काठमाडौंको ठमेल क्षेत्र, सो¥ह«खुट्टेमा इरा हस्पिटल प्रा.लि.स्थापना गरिएको छ ।
विदेशी पर्यटकहरुको स्वास्थ्य सुविधाका लागि अत्याधुनिक एम्बुलेन्स सेवाको जरुरत पर्छ उनीहरु हिँडिरहन चाँहदैनन । आफू बसेको होटलमा नै स्वास्थ्य सुविधा लिन चाहन्छन् । अस्पताल भर्ना गर्नुपर्ने अवस्था भएमा रोगको प्रकृति र बिरामीको अवस्था अनुसार गर्नुपर्ने हुन्छ । यसरी विदेशी पर्यटकको उपचार गर्दा सबै विभागका चिकित्सकहरुबीच छलफल गर्नुपर्छ । यसरी विदेशी पर्यटकले भरपर्दो सेवा प्राप्त गर्न सक्छन् ।

पाँच तारेको जत्तिकै सुविधा
पर्यटकको उपचार गर्ने अस्पतालमा पाँच तारे होटेलको जत्तिकै सुविधाको व्यवस्था मिलाउनुपर्छ । सुविधासम्पन्न डिलक्स वेड, २४ सै घण्टा वाइफाई, एम्बुलेन्स, फार्मेसी सेवाको सुविधा छ ।
अस्पताल २५ वेडको भएपनि इमर्जेन्सी युनिट अत्याधुनिक सुविधा सम्पन्न भएकाले धेरै विदेशी पर्यटकहरु उपचारका लागि आकर्षित भएका छन् ।

रोग निको हुँदै गएपछि विदेशीहरु एउटै वेडमा बसिरहन चाँहदैनन् । उनीहरु एक अर्कासँग कुरा गर्न चाहन्छन् । उनीहरुबीच एक आपसमा परिचय गर्ने, समय तालिका अनुसार औषधि खाने, चिया, कफी पिउनेलगायतका सुविधा खोज्छन् । यो सुविधालाई मध्यनजर गरी छुट्टै लवी बनाइएको छ ।

डाटा प्रयोग
जब उपचारको सिलसिलामा विदेशी पर्यटकहरु यस हस्पिटलमा आउँछन् त्यसपछि बिरामीको रोगको आधारमा उनीहरुलाई भर्ना गरिन्छ । उक्त बिरामीको डाटामा उक्त बिरामीको कोड सबै व्यक्ति विवरणहरु इनपूट भएर फोल्डर बनेपछि उक्त बिरामीलाई कोड नम्बर दिइन्छ । त्यसपछि त्यस बिरामीको सबै विवरण उक्त कोड नम्बर राखेपछि सम्बन्धित चिकित्सकको कम्प्युटरमा मात्र हेर्न मिल्ने हुन्छ । यो डाटामा हरेक दिनका ल्याब रिपोर्टहरु अपडेट गरिएको हुन्छ । डाक्टरले गरेको प्रत्येक दिनको राउण्ड नोट अपडेट गरिन्छ । यसका साथै प्रोग्रेस रिपोर्ट पनि अपडेट भइरहेको हुन्छ । यसबाट विदेशी इन्स्योरेन्स कम्पनि र उक्त बिरामीको फेमिली फिजिसियनले आफ्नो बिरामीको अवस्थाबारे आफ्नो देशबाट थाहा पाउँछ । यसका लागि उनीहरुलाई उक्त बिरामीको फाइल कोड नम्बर दिनुपर्छ ।
विदेशी पर्यटको उपचारको सिलसिलामा विगतको सम्पूर्ण स्वास्थ्य समस्या बारेमा जानकारी लिनुपर्ने हुन्छ । यसका लागि उक्त बिरामीको फेमिली फिजिसियनसँग पनि सम्पर्क गरी बिरामीको विगतको अवस्थाबारे सम्पूर्ण जानकारी र सल्लाह लिने गरिन्छ । यसले सम्बन्धित बिरामीको उपचारमा थप मद्धत पुग्छ र बिरामीको भरपर्दो उपचार हुन्छ ।
डाक्टरको बारेमाdr girban
डा. गिर्वाण राज तिमिल्सिना फिजिसियन हुनुहुन्छ । उहाँमा सानैदेखि डाक्टर अध्ययन गर्ने सोच थियो । पोखराबाट
बिद्यालयस्तरीय अध्ययन पूरा गरेर सन् १९९८ मा विज्ञान विषयमा काठमाडौंको लैनचौरस्थित नेशनल स्कूल अफ साइन्सबाट प्लस टू अध्ययन पूरा गर्नुभयो र सन् २००० मा एमबीबीएस अध्ययनका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना हुनुभयो ।

डा. तिमल्सिना मध्यम वर्गीय परिवारको मान्छे हुनुहुन्छ । उहाँको जन्म पर्वत जिल्लाको देउपुर गाविसमा भएको हो ।
शुरुमा डाक्टर पढ्ने इच्छाबारे डा.तिमिल्सिनाले आफ्नो परिवारलाई बताउनुभएको थियो । परिवारले सहयोग गर्ने साहस दिएपछि उहाँको आत्मबल बढ्यो र सरकारी छात्रबृत्ति कुर्नुभएन । प्लस टू पास गरेसँगै काठमाडौं युनिभर्सिटीअन्तर्गत नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना हुनुभयो ।
डा. तिमिल्सिना नेपाल मेडिकल कलेजको तेस्रो ब्याचअन्तर्गत एमबीबीएस गरेको बिद्यार्थी हुनुहुन्छ । सन् २००६ मा एमबीबीएस उत्तीर्ण गरेर सो कलेजको अस्पतालमा एक वर्ष हाउस अफिसर भएर काम गर्नुभयो । २—३ वर्ष ह्याम्स हस्पिटलमा आईसियू, सिसियूमा काम गरेसँगै उहाँ आफ्नो पेशामा थप अनुभव बटुल्दै जानुभयो । त्यसपछि डा. तिमल्सिना विकसित युरोपियन देश डेनमार्कमा उच्च अध्ययन शुरु गर्न जानुभयो । शुरुमा उहाँ कार्डियालोजी विभागमा केन्द्रित भएर ३ वर्षजति काम गर्नुभयो । त्यसपछि विदेश बस्न हुँदैन । आफ्नो देश फर्किएर केही गर्नुपर्छ भन्ने पारिवारिक सल्लाह भयो र सन् २०१४ मा काठमाडौं फर्किनुभयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक सेन्टरमा फिजिसियन भएर उहाँले काम गर्नुभयो । उहाँ त्यस सेन्टरमा सिसियू हेर्नुहुन्थ्यो । पछि उहाँलाई कम्युनिटीमा पनि जान लाग्यो । नेपालीहरुको पीडामा साथ दिन मन लाग्यो । त्यही बीचमा मुलुकमा ठूलो भूकम्प गयो । यसपछि अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उहाँलाई मेडिकल को—अर्डिनेटरको जिम्मेवारी दियो । उहाँ यसमा विगत ६ महिनादेखि कार्यरत हुनहुन्छ ।
उपचारको आवश्यकता परेका बिरामीहरुलाई हामी जस्ता युवा डाक्टरको टीमले भरपर्दो अत्याधुनिक उपचार सेवा दिनुपर्ने उहाँको मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्