Logo
|
Thursday 28th March 2024
Logo

epaper

छैटौं नेपाल औषधि मेला भृकुटीमण्डपमा



जनस्वास्थ्य सरोकार, २० फागुन । ‘गुणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ भन्ने मुल नाराका साथ छैटौं नेपाल औषधि मेला (नेपाल फर्मा
एक्स्पो) २०१७ आजदेखि काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरर्काले उद्घाटन गर्नुभएको सो मेला तीन दिनसम्म सञ्चालन हुने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको औषधि उत्पादन र प्रविधिको क्षेत्रमा भएको अध्यावधिक विकास, उपलव्धि र प्रविधिको सम्बन्धमा जानकारी गराउने एवं निहित उत्पादन प्रविधि र क्षमता अभिवृद्धि गर्न मेलाको आयोजना गरिएको हो । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनिका १०८ वटा कम्पनिले भाग लिएका छन् । त्यसमा ६४ वटा भारत, २ वटा जर्मनी, १ वटा जापानिज र ४ वटा चाइनिज कम्पनिको सहभागिता रहेको छ । नेपाल औषधि उत्पादक संघको आयोजनामा सन् २००५ देखि हरेक दुई वर्षमा यस किसिमको मेला हुने गरेको छ ।
मेलामा औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्यूटिकल एशोशिएशन, ग्रयाजुएट फर्माशिष्ट एशोशिएशन तथा नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन सह आयोजकका रुपमा रहेका छन् । यस प्रर्दशनीको प्लाटिनियम स्पोन्सरमा प्यासिफिक कमर्सियल कम्पनि तथा भेगो रहेको छ भने डायमण्ड, गोल्ड, सिल्भर तथा सिल्भर को—स्पोन्सरमा क्रमशः स्भाम प्याकिङ इन्डस्ट्रिज प्रा.लि. र एजिलेन्ट टेक्नोलोजी, जिएमपी टेक्निकल सोलुसन्स, एफएबीटेक टेक्नोलोजिज इन्टरनेशनल लिमिटेड तथा फ्लुइडप्याकले सहयोग गरेका छन् ।

प्रदर्शनीको समुद्घाटन समारोहमा नेपालको औषधि उद्योगको विकास र प्रवद्र्धनका लागि अतुलनीय सहयोग प्रदान गरेवापत् प्रा.डा. पन्ना थापालाई सम्मान गरिएको छ । साथै नेपाली औषधि उद्योगको विकासमा महत्वपूर्ण योगदान पु¥याउने स्व. एस. एन. रावको स्मृतिमा उत्कृष्ट फर्मासिष्ट आशिष भण्डारीलाई ५० हजार रुपियाँको राशीसहित ‘एशियन एस. एन. राव पुरस्कार’ प्रदान गरियो । यो अन्तर्राष्ट्रियस्तरको मेला भएकाले डाक्टर, उपभोक्ता, लगानीकर्ता, नियमनकारी सरकारी निकायहरुलाई औषधि उद्योगहरुको विकास र अनुसन्धानको बारेमा जानकारी गराउन निकै लाभदायी सिद्ध हुने आयोजकहरुले बताएका छन् ।
विदेशका फर्मा प्रोसेसिङ, मेशिन, उत्पादन उपकरण प्याकेजिङ मेसिन तथा उपकरण, फाइन केमिकल, बल्क ड्रग, वातावरण नियन्त्रण उपकरण जस्तैः एअर ह्यान्डलिङ युनिट एएचयू, हिटिङ, भेन्टिलेसन एअर कन्डिसनिङ (एचभिसी) आदि प्रयोगशाला उपकरण, गुणस्तर नियन्त्रण संयन्त्र तथा अन्य सेवा प्रदायकहरुलाई एउटै थलोमा ल्याएर जानकारी एवं अन्तक्र्रिया गराउने कार्यक्रम रहेकोे छ । अद्यावधिक ज्ञान सीपको आदान प्रदानका लागि वज्ञानिक उपलब्धिको जानकारी गराउने उद्देश्यले प्राविधिक गोष्ठीको पनि आयोजना गरिने छ । डाक्टर र बिरामी बीच रोगका विषयमा प्रवचन कार्यक्रमको समेत व्यवस्था मिलाइएको छ । साथै स्वदेशी तथा विदेशी प्रदर्शनकर्ताहरुले आफ्ना उत्पादनको बारेमा जानकारी दिई व्यापार अभिवृद्धि गर्न सहजताका लागि मेलामा बी टू बी (बिजनेस टू बिजनेस) बैठकको व्यवस्था छ ।

मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सम्बन्धित विधाका डाक्टर, फर्मासिष्ट, स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धित विधामा अध्ययनरत विद्यार्थी गरी करिब ३० हजारले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्