Logo
|
Friday 19th April 2024
Logo

epaper

के हो ट्राइजेमिनल न्यूरलजीया ?



हाम्रो अनुहारबाट अनुभूति लाने ट्राइजेमिनल नर्भ नामक नसा प्रभावित भई दीर्घायू समयसम्म अनुहारमा हुने दुखाइलाई ट्राइजेमिनल न्यूरलजीया भनिन्छ । यो नसा सम्बन्धि रोग हो । यस किसिमको समस्यामा अनुहारको एक भागमा अचानक दुखाई शुरु हुन्छ । यो दुखाइ केहि समयका लागि मात्रै हुन्छ । तर बेलाबेलामा समस्या भइरहन्छ । यसले कुनै पनि एउटा वा बढि ट्राइजेमिनल नर्भका हाँगामा असर गर्नसक्छ ।
तीब्र र अत्यधिक झम्झनाने यस रोगले अनुहारको दायाँ वा बायाँ भागलाई असर गर्छ । खानेकुरा चपाउँदा, कुरा गर्दा, चिसो हावाको अनुहारमा स्पर्श हुँदा पनि अत्यधिक दुखाइ हुन्छ । यस किसिमको समस्या सामान्यतया ६५ वर्ष भन्दा माथि उमेरका महिला पुरुष दुवैमा देखिनसक्छ । यस रोगमा न्यूरोलोजिकल जाँच गर्नुका साथै टाउकोको एम.आर.आई गरेर मस्तिष्कभित्र अन्य समस्या भएनभएको पहिचान गर्नुपर्छ ।
यस रोगमा सामान्यत वहिरंग विभागबाट औषधि खुवाएर उपचार प्रक्रिया शुरु गरिन्छ । बिरामीको उमेर र शारीरिक अवस्था हेरेर व्यक्ति अनुकूल उपचार गर्नुपर्छ । ट्राइजेमिनल न्यूरलजीया समस्या उमेर पुगेका व्यक्तिमा देखिने भएकाले नियमित औषधि सेवन नै उपचारको सुरक्षित विधि मानिन्छ । यस प्रक्रियाबाट ७५ प्रतिशत बिरामीको सजिलै उपचार गर्न सकिन्छ । तर मस्तिष्कसम्बन्धि विभिन्न रोगका कारण हुने असाधारण दुखाई न्यूनिकरण औषधिले मात्र नहुने भएकाले इन्टरभेन्सन्सको आवश्यकता पर्नसक्छ । उमेर बढ्दै जाँदा यो रोग पनि जटिल हुँदै जाने र दुई भन्दा बढी औषधि सेवन गर्दा पनि दुखाइ कम नभई क्रोनिक पेन हुनसक्ने भएकाले न्यूरोलोजिकल इन्टरभेन्सन्सहरुको जरुरत पर्छ । ट्राइजेमिनल न्यूरलजिया रोगमा गरिने इन्टरभेन्सन्सहरुमध्ये राम्रो परिणाम पाइने उपचार पद्धतिमा Percutaneous Radiofrequency Ablation Gasserian Ganglion, Gamma Knife Surgery, Microvascular Decompression हो । यीमध्ये सबैभन्दा सुरक्षित र बिना चिरफार गरिने उपचार Percutaneous Radiofrequency Ablation Gasserian Ganglion पद्धति हो ।
ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा पहिलोपटक Percutaneous Radiofrequency Ablation Gasserian Ganglion उपचार पद्धतिबाट बिरामीको दुखाई कम गरिएको हो । यसले बिरामीलाई लामो समयसम्म पीडाबाट मुक्त राख्छ । यो बिल्कुलै नयाँ प्रविधि हो । यसका लागि आवश्यक रेडियोफ्रिक्वेन्सी एब्लेसन (Radiofrequency Ablation) मेसिन नेपालमै पहिलो पटक निदान अस्पतालमा उपलब्ध छ । यो मेसिनको प्रयोगबाट ट्राइजेमिनल न्यूरलजीया मात्र नभइ अन्य क्रोनिक दुखाइबाट प्रभावित विभिन्न रोगको पनि उपचार सम्भव भएको छ ।
ट्राइजेमिनल न्यूरलजिया नसालाई प्रभाव पार्ने रोग हो । यो १५ हजार मानिसमध्ये एक जनामा देखिनसक्छ । कहिलेकाँही यो रोगको कारण पत्ता लगाउन मुश्किल हुन्छ । यस्तो स्थितिमा यसलाई इडियोप्याथिक भन्ने गरिन्छ । यो रोगको उपचार औषधि र सर्जरी दुवैबाट सम्भव हुन्छ । तर रोग कति बढेको छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

निदानमा सफल भयो
ट्राइजेमिनल न्यूरलजीया उपचार
जनस्वास्थ्य सरोकार । नेपालमा पहिलोपटक रेडियो फ्रिक्वेन्सी एब्लेसन (आरएफए) प्रविधिबाट अनुहारको क्रोनिक दुखाइ ‘ट्राइजेमिनल न्यूरलजिया’ को उपचार सफल भएको छ । ललितपुरको पुल्चोकस्थित निदान हस्पिटलमा पेन म्यानेज्मेन्ट विशेषज्ञ एवं एनेस्थेसियोलोजिष्ट डा निनादिनी श्रेष्ठको नेतृत्वमा सो उपचार सफल भएको हो । मेडिकल साइन्समा यो रोग संसारको सबैभन्दा पीडादायी रोगमा गनिन्छ । यो रोगको सबैभन्दा धेरै प्रभाव, टाउको, बंगारा र गालामा पर्छ । औषधि उपचारबाट पनि निको नभएपछि काठमाडौंका ७९ बर्षीय पुरुषमा सो प्रविधि प्रयोग गरिएको थियो । अहिले बिरामीलाई शत्प्रतिशत दुखाइ निको भएको छ ।

प्रतिक्रिया दिनुहोस्