Logo
|
Friday 26th April 2024
Logo

epaper

पत्रकार उपचार कोषलाई सहयोग



झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सहारा उपचार कोषका लागि रु ५१ हजार सहयोग गरेको छ ।

बिद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाई र धर्मा पराजुली प्रसाईले आज नेपाल पत्रकार महासङ्घ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा सामाजिक उत्तरदायित्व र मानवीय सेवा क्षेत्रमा योगदान स्वरुप पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गरिएको संस्थापक प्रिन्सिपल प्रसाईले बताउनुभयो ।

मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिनका लागि सबैसंग उहाँले आग्रह पनि गर्नुभयो ।

महासङ्घले रु एक करोडको कोष स्थापना गर्ने लक्ष्य लिएको छ । अहिलेसम्म सो कोषमा करिब रु २४ लाख रकम जम्मा भइसकेको महासङ्घले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्