Logo
|
Thursday 28th March 2024
Logo

epaper

क्रित्रिम जोर्नी प्रत्यारोपणः यसरी पुग्छ सबैको पहुँच



डा. दीर्घराज आर.सी. वरिष्ठ जोर्नी प्रत्यारोपण शल्यचिकित्सक

कृत्रिम जोर्नी प्रत्यारोपण भनेको के हो ?
यो रोग होइन । कुनै कारणले घुँडा वा हिप बिग्रिएर हिँड्न नसकेको अवस्थामा बिरामीमा कृत्रिम जोर्नी राखी शरीर सहज तरिकाले चलाउन सकिने बनाउनु नै जोर्नी प्रत्यारोपण हो । कृत्रिम जोर्नी ल्याएर हिप अथवा घुडाँमा जोड्ने सकिन्छ ।

कसरी गरिन्छ ?
हिप र घुँडामा बढी समस्या देखिने जोर्नीको उपचारका क्रममा भने बिग्रेको भागलाई मेसिनद्धारा काटेर फयाँक्ने गरिन्छ र कृत्रिम जोर्नी प्रत्यारोपण गर्छौं ।

कृत्रिम जोर्नीले कति काम गर्छ ?
कृत्रिम जोर्नीले १० देखि २० वर्षसम्म काम गर्छ । जोर्नी बिग्रैदै जाँदा मानिस हिड्न समेत नसक्ने हुने र अपाङ्ग पनि हुनसक्छ ।

हिप र घुँडाको जोर्नीमा कसरी समस्या देखापर्छ ?
यसरी नै हुन्छ भन्न गाह«ो छ । यो आफैँमा एउटा रोग हो विभिन्न रोगका कारण पनि यो समस्या देखापर्नसक्छ । यो जन्मजात बालबालिकामा पनि हुनसक्छ । युवाअवस्थामा पनि देखापर्न सक्छ । बृद्धबृद्धामा बढी समस्या देखिन्छ । बाथले पनि जोर्नीमा समस्या गर्नसक्छ । चोटपटकका कारण उमेर ढल्कदे जाँदा पनि हड्डीहरु खिइन सक्छन् ।

बिरामीमा के कस्ता लक्षण देखिन सक्छन् ?

हिँड्न गा¥ह«ो हुन्छ । जोर्नीहरु चल्दैनन् । हड्डीहरु बाङ्गिन थाल्छन् र दुखाइ शुरु हुन्छ । दुखाइको समस्या लिएर आएका बिरामीहरुमध्ये कति औषधिले ठीक हुन्छन् भने जटिल अवस्थामा पुगिसकेकाहरुलाई एक्सरेपछि प्रत्यारोपण गर्न सल्लाह दिने गर्दछौं ।

प्रत्यारोपण कसरी गरिन्छ ?
बिरामीको बिग्रिएको जोर्नीको भाग झिकेर कृत्रिम जोर्नी प्रत्यारोपण गरिदिन्छौं । कृत्रिम जोर्नीले सामान्यतय १० देखि २० वर्षसम्म काम गर्छ । यो अवधिमा विरामी सहज ढंगले हिँडडुल गर्न सक्छ । बिरामीले पहिलेको जस्तो सामान्य जिवनयापन गर्न सक्छ ।

कृत्रिम जोर्नी कहाँबाट ल्याइन्छ ?
प्रत्यारोपण गर्ने क्रितिम जोर्नी अमेरिकाबाट ल्याउने गर्छौ । विरामीका आफन्तलाई मगाउन भनिदिने गर्दछौं । अस्पतालले कृत्रिम जोर्नी मगाउने गरेको छैन । पिडित व्यक्तिले मगाउँदा हाम्रो सल्लाह अनुसार अमेरिकाबाट मगाउनु हुन्छ किनकि विश्वभर जोर्नी प्रत्यारोपणका लागि अमेरिकाको उत्पादन गुणस्तरीय मानिन्छ । केहि समययता भारतमा समेत यो उत्पादन गर्न थालिए पनि गुणस्तरीय नभएकाले हामी अमेरिकाको उत्पादन मगाउन सल्लाह दिन्छौं ।

यसको मूल्य कति पर्छ ?
नेपालमा करिब ३ लाख देखि ४ लाखको हाराहारी पर्छ । तर भारतको उत्पादन अलि सस्तो हुन्छ । त्यति गुणस्तरको छैन । यसले बिरामीमा संक्रमण हुनसक्ने सम्भावना रहन्छ । अहिलेसम्म अमेरिकाबाट ल्याएको जोर्नी प्रत्यारोपण गरेका छौं ।

कति जनाको जोर्नी प्रत्यारोण गर्नुभयो ?
मैले अहिलेसम्म २२५ जनाको जोर्नी प्रत्यारोपण गरिसकेको छु । त्यसमध्ये १० प्रतिशतको जटिल शल्यक्रिया हुने गर्छ ।

कुन उमेर समुहका धेरै छन् ?
जोर्नी खिइने समस्या बुढेसकालमा धेरै देखिने गर्छ । करिब ७०—८० प्रतिशत बुढेसकालमा हुने गर्छ । यसमा २१ वर्षदेखि ८५ वर्षसम्मका व्यक्ति रहेका छन् ।

जोर्नी प्रत्यारोपणबारे के सुझाव दिनुहुन्छ ?
अमेरिकाबाट ल्याउनुपर्ने भएकाले क्रित्रिम जोर्नी प्रत्यारोपण महँगो पर्छ । नेपालमा जोर्नी र हिप खराब भएर हिँड्न नसकेर अपाङ्ग भएका धेरै बिरामी छन् । यस्ता बिरामीलाई सरकारले सहयोग गनुपर्छ । यसबाट गरिब र असहायको पनि जोर्नी प्रत्यारोपणमा पहुँच पुग्न सक्छ । धेरै व्यक्तिलाई अपाङ्ग हुनबाट जोगाउन सक्छौं ।

प्रस्तुतिः प्रविण राउत र दिपा कठायत

प्रतिक्रिया दिनुहोस्