Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पूर्व फार्क छापामार चिकित्सा शिक्षाका लागि क्युबामा



कोलम्बियाका पूर्व फार्क छापामारहरुका लागि पहिलो चरणमा दिईने चिकित्सा शिक्षाका लागि दुई सय जनाको समूह क्युवा पुगेका छन ।

दक्षिण अमेरिकी देश कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्धेश्यले क्युबाले उनीहरुलाई सरकारी छात्रबृत्तिमा चिकित्सा शिक्षा दिन लागेको हो ।

हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा छात्रबृत्तिबाट लाभान्वित उनीहरुलाई क्युबाका विदेश मन्त्री र स्वास्थ्य मन्त्रीले स्वागत गर्नुभएको थियो ।

क्युबाको चिकित्सा शिक्षा ल्याटिन अमेरिकी देशहरु मध्येको उत्तम मानिन्छ । हामीले यहाँ चिकित्सा शिक्षा अध्ययन गर्न पाउनु ठूलो उपलब्धी हो, कोलम्बियाली युवा जुङ क्वीजानोले सिन्ह्वासँग बताएका छन ।

फार्क छापामारहरुको सदस्य भएकाले क्वीजानोले क्युवामा ६ बर्षे चिकित्सा शिक्षा लिएर चिकित्सक बन्ने अवसर पाउनु भएको हो ।

”हामीलाई चिकित्सक बन्ने अवसर दिएको र कोलम्बिया जनतालाई सहयोग गर्न सक्ने सक्षम बनाउन लागेकोमा क्युबाप्रति हामी अत्यन्तै आभारी छौं,“ उहाँले भन्नुभयो ।

अहिले निसस्त्र भएका पुर्व छापामार लाउरा हेर्रेराले क्युबाले छात्रबृत्ति दिएपछि आफुहरुको सपना सत्यमा परिणत भएको बताउनु भयो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्