सांसदबाट स्वास्थ्य चौकीलाई उपकरण प्रदान
सांसद उषा गुरुङले स्वास्थ्य चौकी बाहनडाँगीलाई स्वास्थ्य उपकरण प्रदान गर्नुभएको छ ।
मेचीनगर–४ स्थित उक्त स्वास्थ्य चौकीलाई रू ६० हजार मूल्य बराबरको डेलिभेरी कण्डक्टिङ बेड, ह्बिल चियर, डेटल सेट एक÷एक थान र थर्मोमिटर दश थान उहाँले प्रदान गर्नुभएको हो ।
वडा अध्यक्ष नवीन बरालमार्फत आज एक कार्यक्रमबीच उहाँले उक्त सामग्री प्रदान गर्नुभएको छ । स्वास्थ्य चौकीले मेचीनगर नगरपालिका– १,२,३ र ४ का बासिन्दालाई सेवा प्रदान गर्दै आएको चौकीका अहेब याम अधिकारीले बताउनुभयो । रासस