Logo
|
Saturday 18th May 2024
Logo

epaper

मन र शरीर बीचको एकताले खेलिने खेलः स्वास्थ्यलाई फाइदा



 तङ्ग ईल मोदो एशोसियसन नेपालले आयोजा गरेको १२० दिने तालिमको युवा तथा खेलकुद एवं राज्यमन्त्री तेजुलाल चौधरीले मङलबार उद्घाटन गरेका छन् ।
उद्घाटन पछि बोल्दै मन्त्री चौधरीले एक्काईसौं शताब्दीमा खेलकुदको माध्यमबाट मात्र शान्ति स्थापनामा गर्न सकिने बताउदै हरेक विद्यालयमा खेलकुदले शिक्षक नै राखेर खेलकुद क्षेत्रको बिकासमा लाग्नु पर्ने बताए । उनले मन र शरिर बीचको एकताले खेलिने खेलले स्वाथ्यलाई त फाईदा छदैछ त्यसमाथि राष्ट्रको पहिचान स्थापीत गराउन पनि सक्ने बताए ।
पुर्वमन्त्री एवं सांसद एकनाथ ढकालले खेल क्षेत्रलाइ सबैले सम्मानपूर्वक हरेक क्षेत्रलाई महत्वको साथ लिनुपर्ने बताउदै खेल क्षेत्रले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेलेको बताए । तङ्ग ईल मोदोका खेलाडीहरु नेपालमा मात्र नभै विश्वभरी नै अनुशासित भएर आफ्नो पहिचान उच्च राख्न सफल भएको बताउँदै नेपाल सरकारले पनि खेलकुद मैत्रीब् वाताबरण निर्माणमा लाग्नुपर्ने बताए ।


तङ्ग ईल मोदो एशोसियसन नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले तङ्ग ईल मोदो खेलका संस्थापक विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले मार्सल आर्टको शुरुवात २००३ देखि भएको जानकारी गराए ।
नेपालमा झण्डै १० हजार विद्यार्थीहरुले यसलाई रुचाएका हुनाले परिपक्व प्रशिक्षक तयार गर्ने लक्ष्य सहित अगष्ट २५ देखि डिसेम्बर २६ २०१७ सम्म ४ महिने प्रशिक्षण शुरु संञ्चालन गरेको जानकारी दिए । एफएफडब्लु पियु एसिया महासचिव मासाताते काजीकुरी सानले विश्वमा शान्ति स्थापना गर्न शुरुवात आफैबाट गर्नुपर्ने बताउँदै मन शरिर बीचको एकताले मात्र सम्भव भएजस्तै तङ्ग ईल मोदो खेलमा सहभागिहरुले पनि आफुलाई तालिम अवधिभर साँचो प्रेम , संस्कृति, अनुशासित र संयम भै शान्ति स्थापनामा एकिकृत भै सफलतापुर्वक उत्कृष्ट बन्न आग्रह गरे ।
थाइल्याण्डमा भएको दोश्रो एशियन पीस कप २०१७ का विजेता खेलाडीहरु तेजबहादुर सिंह, नव विष्ट ,भिमकुमारी चौधरी र संजिव कुमार चौधरीलाई सम्मान गर्नुका साथै प्रमुख अतिथि,विशेष अतिथि तथा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।ल कार्यक्रमको सभापतित्व र समापन कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्