Logo
|
Friday 26th April 2024
Logo

epaper

औषधिसहित स्वास्थ्यकर्मीको टोली जाजरकोटतर्फ



जाजरकोटका विभिन्न क्षेत्रमा फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागि बिहीबार दिउँसो औषधि र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ । जिल्लाका त्रिवेणी नलगाड–५ मा बढी सङ्क्रमण भएका कारण स ोतर्फ पहिलो चरणको उपचार शुरु हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य प्रशान्त शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीहरू भण्डारीगाउँ, मुली, पोख्रालगायत गाउँमा गएको छ । बाटो विकट भएका कारण रोग प्रभावित क्षेत्रमा जान समस्या भएको शर्माले बताउनुभयो ।

पहिलो चरणमा अत्यावश्यकीय सेवा दिने र अवस्था हेरेर थप सेवा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटका रामबहादुर थापाले बताउनुभयो ।

प्रभावित क्षेत्रको अवस्थाको सही जानकारी लिएर केन्द्रबाट थप जनशक्ति परिचालन गरिने पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । एक गाडी औषधि र पाँचजना स्वास्थ्यकर्मी पहिलो चरणमा पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्