Logo
|
Friday 19th April 2024
Logo

epaper

काठमाडौंमा पहिलो क्लिनिकल अस्टियोपोरोसिस सम्मेलन



काठमाडौंमा ‘पहिलो नेशनल सिम्पोसिम अन क्लिनिकल अस्टियोपोरोसिस’ सम्मेलन सम्पन्न भएको छ । हड्डी मक्किने (अस्टियोपारोसिस) समस्याको आधुनिक उपचार र यसको न्यूनिकरणका लागि जनचेतना अभिवृद्धि गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको थियो ।

नेपाल ¥युमेटोलोजी एसोसिएसन र डायविटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपालको आयोजनामा होटल ¥याडिसनमा भएको यस सम्मेलनमा मुलुकका हाडजोर्नी, बाथ, स्पाइस, इन्डोक्राइनोलोजीसम्बन्धि करिब एक सय २० जना जति चिकित्सकहरुको उपस्थिति रहेको थियो । हाडजोर्नी, बाथ, स्पाइन र इन्डोक्राइनोलोजीमा प्रयोग गरिने औषधिहरुले हड्डी कमजोर गराउनसक्ने भएकाले यसप्रति चिकित्सकले बिरामीलाई सचेत गराई आवश्यक उपचार गर्न सम्मेलनमा भएका कार्यपत्र प्रस्तुतिले महत्वपूर्ण भूमिका खेलेको नेपाल र्युमेटोलोजी एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ बाथरोग विशेषज्ञ डा. बिनित बैद्यले बताउनुभयो ।

अस्टियोपोरोसिस के हो ?

अस्टियोपोरोसिसमा हड्डीहरु मक्किएर स्पोञ्जजस्तो नरम बन्छ । हड्डीको डेन्सिटी कम हुँदै जान्छ । यस प्रकारको रोग लाग्ने मानिसहरुमा ढाडको हड्डी बिस्तारै कमजोर हुँदै भाँचिने, साधारण चोट लाग्दा वा समान्य लड्दा पनि पनि हात गोडा गोडा भाँचिने समस्या हुन्छ । कहिलेकाँही बिना लक्षण र एक्सरे गरेर हेर्दा अस्टियोपोरोसिका कारण ढाडको हड्डी भाँचिएको पाइने गरेको छ ।
अस्टियोपारोसिस रोग धेरैजसो महिनाबारी बन्द भएका महिलाहरुमा देखिएको छ । यसका साथै बाथरोगी, दम, रगतको बिरामीहरुले लामो समयसम्म प्रयोग गर्ने औषधिका कारण ढाडको हड्डी बिस्तारै मक्किदै गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्