हेल्दी हार्टले गर्यो ५०९ जनाको निःशुल्क मुटु जाँच
मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०९ जना लाभान्वित भएका छन् ।
सहज र सर्वसुलभरूपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार शिविर आयोजना गरेको हो ।
शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले ५०९ जनाको निःशुल्क स्वास्थ्य जाँच गर्नाका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको क्लिनिकका सञ्चालक बचन देउजाले जानकारी दिनुभयो ।
शिविरमा मुटुरोग, नाक, कान, घाँटी, प्रसूति रोग, हाडजोर्नी, इसिजी, इको, रगत तथा पिसाब परीक्षण गरिएको थियो । रासस