Logo
|
Friday 26th April 2024
Logo

epaper

बाढीपीडितलाई निःशुल्क उपचार



सप्तरीको पश्चिमी भेगका ८५० जना बाढीपीडितलाई निःशुल्क स्वास्थ्योपचार गरिएको छ ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–६ स्थित जनता मावि कटैया फत्तेपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित बालबालिका, वृद्धवृद्धासहित ८५० जना बाढीपीडितलाई निःशुल्क उपचार गरिएको स्थानीयवासी सन्दीप सदाले जानकारी दिनुभयो ।

एलायन्स फोर रिलिफको सहयोगमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ डाक्टरको एक टोलीले त्यहाँ रहेका बाढीपीडितलाई स्वास्थ्य उपचारपछि निःशुल्क औषधि वितरण गरेको हो ।

प्रतिष्ठानबाट आएको टोलीले आँखा, कान, नाक, छाला, दाँत र हाड जोर्नीसम्बन्धी रोगको उपचार गरेको सोही कार्यक्रममा सहभागी महेन्द्र सदाले जानकारी दिनुुभयो ।

यस्तै एलायन्स फर रिलिफको सहयोग र सन्दीप सदाको पहलमा त्यहाँ रहेका ५० जना बाढीपीडितलाई सोलार टर्च लाइट र २०० जनालाई झुल वितरणसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्