Logo
|
Thursday 25th April 2024
Logo

epaper

इवामुरामा अस्पतालमा धौबञ्जार अध्यक्ष



जापानी समाजसेवी डा नोबोरु इवामुराका स्मृतिमा सल्लाघारीमा स्थापित डा इवामुरा मेमोरियल अस्पताल एण्ड रिसर्च सेण्टरका अध्यक्षमा महेश धौबञ्जार चयन हुनुभएको छ ।

अस्पतालको २० आँैं वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि पाँच सदस्यीय अस्पताल सञ्चालक समिति चयन गरेको हो । समितिका सदस्यमा राजुमृगेन्द्र जोशी, शैलेन्द्र बुढाथोकी, हरिबहादुर बस्नेत र प्रा डा उत्तमकृष्ण कर्माचार्य रहनुभएको छ ।

भक्तपुरमा निजी क्षेत्रबाट सञ्चालित सामुदायिकस्तरको सो अस्पतालमा सबै किसिमका उपचार सेवासहित ५१ श्यया सञ्चालनमा छ । रासस

प्रतिक्रिया दिनुहोस्