Logo
|
Saturday 18th May 2024
Logo

epaper

डेङ्गुका कारण पाकिस्तानमा १७ जनाको मृत्यु



पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २०० नागरिक प्रभावित बनेका र उनीहरूमध्ये केहीले पाकिस्तानी शहर पेशावरमा उपचार गराइरहेका छन् ।

उक्त अस्पतालमा उपचारपछि तीन हजार ५०० जना स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको छ भने केहीले गम्भीर समस्याका कारण विशेष निगरानीमा राखेर नियमित उपचार भइराखेको विभागले जनायो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्