Logo
|
Saturday 18th May 2024
Logo

epaper

दृष्टीबिहीनमाथि दुव्र्यवहार गरेको आरोपमा बेलायती नागरिक पक्राउ



भारतीय प्रहरीले एक बेलायती नागरिकले दृष्टिबिहीन बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाई दुव्र्यवहार गरेको भनी पक्राउ गरेको छ ।

नयाँ दिल्लीको आरके पुरमस्थित विद्यालयमा बेलायती नागरिकले बालबालिकालाई यौनहिंसा गरेको भनी उनलाई पक्राउ गरिएको सोमबार भारतीय अधिकारीले जनाए ।
उनीहरू सोही ठाउँको दृष्टिबिहीन विद्यालयमो अध्ययन गर्ने बालबालिका रहेका बताइएको छ ।
प्रहरीका अनुसार दृष्टिबिहीनको राष्ट्रिय संगठन (एनएबी) त्रिपन्न बर्षीय मुर्रे डेनिस वार्ड विद्यालयमा लगातार जाने गरेको र विद्यालयलाई पनि विगत आठ बर्षदेखि नियमित रूपमा आर्थिक तथा अन्य सहयोग दिँदै आएका थिए ।
बेलायती नागरिकलाई आठ बर्ष मुनिका कम्तीमा तीन बालबालिकालाई गुद्वारमा यौनजन्य क्रियाकलाप गर्न लगाएको आरोप लगाइएको प्रहरीले जनाएको छ । उनलाई सोमबार अदालत सामु उपस्थित गराइएको छ । प्रहरीले वार्डको ल्यापटपमा आपत्तिजनक केही भिडियो भेटिएको बताएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्