Logo
|
Friday 26th April 2024
Logo

epaper

वातावरण स्वच्छ राख्न डेनमार्क अदालतको आदेश



डेनमार्कको अदालतले गुणस्तरयुक्त हावाको व्यवस्थापन गर्न सरकारलाई बिहीबार आदेश दिएको छ ।

युरोपेली मापदण्ड अनुसारको बायुमण्डल बनाउन पनि अदालतले आदेशमा निर्देशन दिएको समाचारमा जनाइएको छ ।
जतिसक्दो छिट्टै हावाको गुणस्तर बढाउनेगरी काम गर्न डेनमार्क सरकारलाई अदालतको आदेश छ ।
युरोपेली विधान डेनमार्कको कानूनसँग पनि सम्बन्धित छ । डेनमार्कमा वायु प्रदुषण बढ्दै गएकाले यस्लाई नियन्त्रण गर्न सरकारलाई जिम्मेबार बनाउनु पर्ने भएको छ ।
कानुनमा पनि वायुलाई गुणस्तर बनाउन जतिसक्दो चाडो योजनाहरु बनाउनै पर्ने बाध्यात्मक व्यवस्था छ । सोही अनुसार डेनमार्क सरकारले वायुको गुणस्तर सुधार्न यसअघि नै एउटा योजना बनाएको थियो ।
डेनमार्कले राष्ट्रिय वायु गुणस्तर सहयोग कार्यक्रम नै बनाएर सन् २००९ मा लागु गरेको थियो । तर योजना अनुसार काम हुन नसकेको न्यायाधिशहरुले ठहर गरेका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्